आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी

पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरूमाथि छानबिन गरी कारवाही गर्नुपर्ने माग सहित न्यायपरिषदमा उजुरी परेको छ ।

बिज्ञापन

गत बुधवार उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बम विस्फोटबाट घाइतेहरूलाई ज्युँदै इटाभट्टामा पोलेको आरोप खेपेका कांग्रेसका पूर्वसांसद मोहम्मद आफ्ताब आलम लगायतलाई सफाइ दिने फैसला गरेको थियो । तल्लो अदालतको निर्णय उल्टाउँदै न्यायधीशद्धय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलाशले आलमलाई सफाइ दिएको थियो ।

बिज्ञापन

जिल्ला अदालतले औँल्याएका आधार एवं मिसिलमा संलग्न प्रमाणहरूको बेवास्ता गरी फैसला गरेको भन्दै उजुरीमा न्यायाधीशहरू थारु र महर्जनमाथि छानबिन हुनुपर्ने माग गरिएको छ ।

परिषद्मा युवराज पौडेलले उनीहरुमाथि छानबिन गर्नुपर्ने माग राखी निवेदन दिएका हुन । उनीहरू पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरूलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरूले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग गरिएको छ ।

बिज्ञापन

उल्लेखित न्यायाधीशको आदेशले पीडतहरुको न्यायिक बाटोमा अवरोध सिर्जना गर्दै झन् पीडित, साक्षी र प्रत्यक्षदर्शीको जिउज्यान समेत असुरक्षित भएको अवस्था छ । उजुरीमा अगाडि भनिएको छ,हालसम्म गरेका न्याय सम्पादनको कार्या एंंव निजहरुले गरेका आदेशहरु परीक्षण गर्न, न्यायाधीशरुलाई तत्काल निलम्बन गर्न र न्याय परिषद् सचिवालय ऐन बमोजिम अन्य विभागीय कारवाही गर्न माग गर्दछु ।’

न्यायपरिषद ऐनमा कार्यक्षमताको अभाव वा खराब आचरण एवं आचारसंहिताको गम्भीर उल्लङ्घनको आरोपमा न्यायाधीशहरूमाथि छानबिन हुनसक्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहरी विकास मन्त्रालयका सचिवको कार्यशैलीविरुद्ध पाँच घण्टा धर्ना

एक सय दिनका १०१ उपलव्धी सार्वजनिक गर्दै मन्त्री घिसिङले गरे राजीनामाको संकेत

उपसचिव,सह लेखापालसहित तीनविरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियारमै बसेको सहसचिवलाई त्रिवि अध्यागमनमा खटाउँदा समेत रोकिएन विकृती

गण्डकी लोकसेवाले माग्यो स्थानीय सेवा चौथो तहमा २६८ कर्मचारी

निर्वाचनमा खटिने कर्मचारी,सुरक्षाकर्मीले कस्तो सेवासुविधा पाउँछन् ? कार्यविधिसहित

जेनजी राजमा रोकिएन कर्मचारी सरुवाको विकृती : आधा दर्जन सहसचिव २ महिनामै ‘भकुण्डो’

कुलमानले सम्हालेका मन्त्रालयको बजेट धमाधम फुकुवा

बिशेष