सशस्त्र प्रहरीको एआईजी बढुवामा ठाडा मगर सिफारिस

सशस्त्र प्रहरी बलका डीआईजी गणेश बहादुर ठाडा मगरलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

बिज्ञापन

बढुवाको प्रतिस्पर्धामा डीआईजीहरू कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, कालिदास धौवजी, कुमार न्यौपाने, लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, अञ्जनीकुमार पोखरेल, सुरेश श्रेष्ठ लगायत थिए ।

बिज्ञापन

२ वैशाखको राति १२ बजेतिर एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अनिवार्य अवकाशमा गएका थिए । सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गए ।

एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बढेको छ। सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। त्यसमध्ये सीमा सुरक्षा विभाग खाली छ।

बिज्ञापन

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। अर्यालको अवकाशपछि हालका एआईजी नारायणदत्त  पौडेल र वंशीराज दाहालमध्ये एक जना आईजीपी बन्नेछन्।

यी दुईमध्ये जो आईजीपी बने पनि २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन्। त्यसपछिको आईजीपीमा अहिले बन्ने एआईजी नै करिब निश्चित जस्तै छ।

अहिले एआईजी नभएका तीन डीआईजी भने आगामी पुस २३ गते अनिवार्य अवकाश हुनेछन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवदेखि प्रधानमन्त्रीसम्मले एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

उपसचिव परीक्षामा चिट चोरेर लेख्ने गिरी कारबाहीमा, एक वर्ष परीक्षा दिन नपाउने

भूमि प्रशासनका दुई कार्यालय प्रमुखविहीन, मनमैजुमा भाइलाई पठाउँदै

सम्पत्ति छानबिनको राडारमा १२ मुख्यसचिवहरु

कार्यकक्षमै कुटिए सब इन्जियर,न्याय खोज्दै प्रहरीमा उजुरी

सामान्य प्रशासनमै गाभियो भूमि : बन्नेभयो भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय

कर्मचारीलाई सरकारको कडा चेतावनी – अब राजनीति गरे जागिर जाने

तीन करोड राजस्व हिनामिनामा बहालवाला तीन उपसचिवसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिशेष