अर्थमन्त्रीले सुनाए बजेटका पाँच उद्देश्य र सात प्राथमिकता

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी बजेटका पाँच उद्देश्य र सात प्राथमिकता सुनाएका छन्‌ ।
बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो साउनदेखि कार्यान्वयन हुने वार्षिक बजेट वक्तव्य (आर्थिक वर्ष २०८२÷८३) वाचन गर्दै अर्थमन्त्री पौडेलले बजेटका पाँच उद्देश्य र सात प्राथमिकताबारे उल्लेख गरेका हुन् ।
पाँच उद्देश्य
१.आगामी बजेट कार्यान्वयनमार्फत उच्च दिगो एवम्‌ फराकिलो आर्थिक विकास हासिल गरी गरिबी निवारण गर्ने ।
२.उद्यमशीलता विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने ।
३.आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने ।
४.सामाजिक संरक्षण एवम्‌ विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।
५.गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्धन गर्ने ।
सात प्राथमिकताहरु
१.उद्यमशीलता
२.रोजगारी,उत्पादन र उत्पादकत्वको अभिवृद्धि,
३.प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार,
४.सामाजिक क्षेत्रमा गुणात्मक सुधार
५.सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता
६.नागरिकमैत्री सेवा
७. भ्रष्टाचार नियन्त्रण शासकीय सुधार

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

वैदेशिक रोजगार विभागको महानिर्देशकमा ढकाल,आठ महिनामै फिर्ता भइन मीरा

बिशेष