वारि राजावादी, पारि एमाले, बीचमा प्रहरी

आज एकै पटक सरकार पक्षधर र गणतन्त्र विरोधी अर्थात राजतन्त्र पक्षधरहरुको आन्दोलन चलिरहेको छ,काठमाडौंमा । गणतन्त्र स्थापनाको १७ बर्षपछि सत्ताधारी दल एमालेले गणतन्त्र दिवस मनाइरहेको छ । गणतन्त्र दिवसको दिन पारेर काठमाडौंमा सत्तारूढ नेकपा (एमाले) र राजावादीहरूले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् ।

बिज्ञापन

एमालेले गणतन्त्र दिवसलाई उत्सवको रूपमा झाँकीसहित मनाउन विशेष कार्यक्रम गरिरहँदा राप्रपाले गणतन्त्रको विरोध र राजसंस्था पुनर्बहालीको मागसहित आन्दोलन गरिरहेको छ ।

बिज्ञापन

अहिले सत्ताधारी दल नेकपा एमालेले  काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गरिरहेको छ । नेकपा (एमाले)ले भृकुटीमण्डप र टुँडिखेल क्षेत्रमा झाँकीसहितको सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्न जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको छ । दिउँसो २ बजेसम्म एमालेको प्रदर्शन पूरा गर्नुपर्नेछ । अहिले एमालेका कार्यकर्ता काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट झाँकीसहित कार्यक्रमस्थल रत्नपार्क पुगिरहेको छन् । पद्मकन्या क्याम्पस, बागबजार अगाडिबाट, अनामनगरसहित विभिन्न स्थानबाट आ–आफ्नो भेसभुसा,सांस्कृतिक झाँकीसहितको र्‍याली निकालिएको छ ।

उता राजावादीहरुले काठमाडौंका विभिन्न सात स्थानबाट जुलस निकालिरहेको छ । राप्रपाले शक्ति प्रदर्शनका लागि शान्तिवाटिका क्षेत्र रोजेको छ । रत्नपार्कमा आयोजना गरिने जनप्रदर्शनअघि सात ठाउँबाट जुलुस निकालिने भएको छ । जस अनुसार मैतीदेवी, सिफल, नक्साल, नारायणचौर, त्रिपूरेश्वर, सुन्धारा र अर्को एक ठाउँबाट जुलुस निकालिने छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले मैतीदेवीबाट निस्किने जुलुसको नेतृत्व गर्ने उनले जानकारी दिए ।

बिज्ञापन

यता कुनै अप्रिय घटना हुन नदिन प्रहरीले ४ हजार बढी प्रहरी सडकमा परिचालन गरिएको छ । आज सशस्त्र प्रहरीलाई पनि सडकमा उतारिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष