इटाभट्टामा मान्छे जलाउने कांग्रेस नेता अफताव आलमलाई उच्च अदालतको सफाइ

नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको मुद्दा उच्च अदालत वीरगन्जले उल्ट्याएको छ । बुधबार न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै सफाइ दिएको हो ।

बिज्ञापन

बम विस्फोट गरी व्यक्ति हत्याको आरोप लागेका आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर उच्चले उक्त फैसला उल्टाउँदै आलमलाई सफाइ दिएको हो ।

बिज्ञापन

आलममाथि २०७६ साल असोजमा बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोप लागेको थियो । संविधानसभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटाभट्टामा त्रिलोकप्रताप सिंह, ओशी अख्तरसहित घाइतेलाई जिउँदै जलाएर हत्या गरेको आरोप आलममाथि थियो । घटनाको १२ वर्षपछि उनी पक्राउ परेका थिए ।

आलमलाई दोषी सावित गर्ने पर्याप्त प्रमाण नभेटिएको भन्दै उच्च अदालतले सफाइ दिएको हो ।

बिज्ञापन

उनीमाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । उनलाई अहिले नख्खु कारागारमा राखिएको छ । फैसला उल्टिएसँगै उनी थुनामुक्त हुनेछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीहरु दलालको प्रभावमा परेर काम गर्ने गरेको मन्त्रीको आरोप

काठमाडौँका सडकमा ‘नो कम्प्रोमाइज’ नीति लागू

मालपोत चाबहिलमा घुसको संगठित खेल : कर्मचारीबाटै मासिक २४ लाख असुली

सुशीलाको क्याविनेटमा चन्द्र ढकालको ‘इन्ट्री’

शाखा अधिकृत,लेखापाल,सब इञ्जिनियरसहित ६ विरुद्ध १४ करोडको भ्रष्टाचार मुद्धा

२ उपसचिव,४१ शाखा अधिकृत,१६ नासुसहितका ७२ कर्मचारी कारवाहीमा

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

बिशेष