शिक्षक नियुक्तिमा गाउँपालिका अध्यक्षकै सेटिङ्ग : ५ देखि ८ लाखसम्म असुली गरेको खुलासा

मुकेश कुमार यादव/सिरहा, ११ जेठ। सिरहाको नवराजपुर गाउँपालिकामा शिक्षक नियुक्तिमा आर्थिक अनियमितता भएको पाईएको छ।

बिज्ञापन

गाउँपालिकाका अध्यक्ष, शिक्षा इकाइका कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको मिलोमतोमा ५ लाखदेखि ८ लाख रुपैयाँसम्म असुली गरेर नियुक्ति प्रक्रिया अघि बढाइएको प्रमाणहरू फेला परेको हो।

बिज्ञापन

नवराजपुर गाउँपालिका–४ स्थित श्री जनता नमूना (प्राविधिक धार) माध्यमिक विद्यालयमा २०८१ असार १२ गते विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार असार १६ गते ९ जनाको लागी र चैत ५ गते पुनः ३ जना गरी जम्मा १२ जना शिक्षक पदपूर्तिको लागि सुचना प्रकाशित गरेको छ। जसमा १५१ जनाले दरखास्त दिएका थिए।

तर, नियुक्ति प्रक्रिया अघि बढाउने क्रममा पालिकाले राजनीतिक र आर्थिक प्रभावमा पारी शिक्षा विकास तथा समन्वय ईकाईसंग सेटिङ गरेर शिक्षा समितिबाट अस्थायी विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागी सिफारिस लिएको देखिन्छ।

बिज्ञापन

कानुनले विद्यालय व्यवस्थापन समिति गठन गर्न विद्यालयले कम्तीमा तिन पटक अभिभावक भेला वोलाएर समिति गठन गर्नुपर्ने प्रावधान छन्। तर, विद्यालयले कानुन मिच्दै अभिभावक भेला नै नवोलाई शिक्षा समितिबाट निर्णय गराइउने प्रपञ्च रचेको देखिन्छ। अभिभावक भेला बिना नै शिक्षा समितिको निर्णयमा आधारित रहेर पालिका अध्यक्ष शिव उदगार यादवले आफ्ना निकट रामचन्द्र यादव, रामकुमार यादव, तारादेवी यादव र अमिरका यादवलाई अस्थायी समिति सदस्य बनाएका थिए।

शिक्षक नियुक्तिमा व्यापक आर्थिक लेनदेन भएको पुष्टि गर्ने अडियो रेकर्डहरू मेयरसाप डटकमले फेला पारेको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत घुरन यादव र विद्यालय समितिका सदस्य जीवछ यादवबीचको फोन संवादमा नियुक्तिको लागी उठाइएको पैसावारे कुराकानी गरेको अडियो प्रमाण फेला परेको हो।

संवादमा घुरन यादवले जीवछ यादवलाई, ‘जस्को पैसा लिएको छु, उसको नाम नै निस्केन। उठाएको एक पैसा पनि मुखिया ज्यु कहाँ गएको छैन,। मुखिया भनेको (पालिका अध्यक्ष)लाई उपनामबाट सम्वोधन गरेका छन्। उनले प्रभात ठाकुरको ५ लाखमात्र अध्यक्ष कहाँ गएको भन्दै बाँकी रकम प्रधानाध्यापक मुरारी शर्माले लिइएको  बताएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र यादवले शिक्षक नियुक्तिको सट्टामा भोज खर्च बापत रकम मागेको प्रमाणसमेत भेटिएको छ। एकजना व्यक्तिसंग ८ लाखसम्मको डिमाण्ड गरेको थियो। ठुलो रकम भएको भन्दै अस्वीकार गरे पनि अध्यक्षले ‘भोजको लागि १ लाख ५० हजार दिनुस्, म प्रयास गर्छु’ भनेपछि उनलेले चेक दिएका थिए। चेकमार्फत रकम त निकालियो, तर जागिर भने नलगाइदिएको उनको गुनासो छ।

त्यतीमात्र होईन परिक्षाको एकदिन अगाडी नै राती १ वजेर १३ मिनेटमा बरीयारपट्टी गाँउपालिका १ आधारभुत विद्यालयका प्रधानाध्यापक राम शुफल यादवको मोवाईल नम्वर ९८५११६२१७० बाट प्रश्नपत्र आउट भएको समेत फेला परेको छ। सो नम्वरबाट प्रश्नपत्र संगै उत्तर समेत पठाईको देखिन्छ।

यस विषयमा श्री जनता नमुना (प्राविधिक धार) माध्यमिक विद्यालयका प्रधानाध्यापक मुरारी शर्मा संग परिक्षाको एकदिन अगावै पश्नपत्र वाहिरीएको र शिक्षक नियुतिमा तपाईले नै रकम असुलेको प्रमाणहरु फेला परेको छ। यसमा तपाई के भन्न चाहनुहुन्छ? प्रश्नमा उनले, ‘यो सवै अफवाह हो। कसले र कसरी प्रश्नपत्र वाहिरीएको हो मलाई थाहा छैन। यो ईडिटिङपनि गरेको हुनसक्छ।’

यसै बिषयमा गाउँपालिका अध्यक्ष शिव उदगार संग जिज्ञासा् राख्दा उनले, यो सबै निराधार हो। बिपक्षीले भ्रम फैलाउन खोजिएको हो। कसैले पैसा लिएको प्रमाण फेला परे कार्यवाही गर्ने बताए।

यता, आरोपितहरुलाइ बारम्बार प्रतिक्रिया लिन सम्पर्क गर्दा कसैलेपनी प्रतिक्रिया दिन चाहेनन् ।
शिक्षक नियुक्ति जस्तो संवेदनशील विषयमा आर्थिक लेनदेन र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्रलाई बर्वाद पारीएको जानकारहरु बताउँछन्। जनप्रतिनिधिहरु र कर्मचारीहरुले विद्यालयलाई सिकाइको केन्द्र होइन, कमाईको माध्यम बनाइएको उनीहरुको भनाई छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसा प्रकरणमा जोडिएका सहसचिव पछि शाखा अधिकृतको सरुवा

कर्मचारीसँग मन्त्री खडकाले झोक्किदै भने, ‘तीन दिनभित्र फाइल छिनोफानो गर्नु’

शिक्षक नियुक्तिमा गाउँपालिका अध्यक्षकै सेटिङ्ग : ५ देखि ८ लाखसम्म असुली गरेको खुलासा

भन्सार कार्यालयभित्रै कुटपिट : कैलाली भन्सार प्रमुख तिमिल्सिना नगर प्रहरीको कुटपिटमा

असई हुँ भन्दै ठगी गर्ने युवक पक्राउ

कर्मचारी मैत्री निजामती सेवा ऐन माग्दै सामान्य प्रशासन मन्त्रालय अगाडि कर्मचारीहरु आज पनि धर्नामा

अर्थबाट प्रधानमन्त्री कार्यालय मातहत पुगेको महत्वपूर्ण विभाग खारेजीको तयारीमा

‘कर्मचारीमाथि अनुसन्धान शुरु हुँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने ?’ : मन्त्री लेखक

बिशेष