भन्सार कार्यालयभित्रै कुटपिट : कैलाली भन्सार प्रमुख तिमिल्सिना नगर प्रहरीको कुटपिटमा

धनगढी, कैलाली — शनिबार राति कैलाली भन्सार कार्यालयमा घटेको घटनाले सरकारी संयन्त्रबीचको समन्वयमा गम्भीर प्रश्न उठाएको छ। प्रमुख भन्सार अधिकृत अनन्त तिमिल्सिना नगर प्रहरीको कुटपिटमा परेपछि सार्वजनिक चासो बढेको छ। घटनाबारे दुई पक्षले एक अर्काविरुद्ध आरोप-प्रत्यारोप लगाउँदै आएका छन्।

बिज्ञापन

भन्सार कार्यालयभित्रै नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामी नेतृत्वको टोलीले तिमिल्सिनामाथि हातपात गरेको दाबी गरिएको छ। तर, निरीक्षक धामीले भने ती दाबी अस्वीकार गरेका छन्। उनका अनुसार तिमिल्सिना अत्यधिक मादक पदार्थ सेवन गरेका अवस्थामा थिए र उल्टै आफूहरूमाथि दुर्व्यवहार गरेका थिए।

बिज्ञापन

“बीच सडकमा हाम्रो भ्यानमा ठोक्किएर ‘तिमीहरूलाई थुनिदिन्छु’ भन्दै हातपात गर्नुभयो। त्यसपछि मैले उता धकेलेको हुँ, मेरो मोबाइल पनि खस्यो,” धामीले प्रतिक्रिया दिएका छन्। उनले आफूहरूलाई भन्सार प्रमुख भएको जानकारी नभएकाले कार्यालयभित्र अनधिकृत व्यक्ति प्रवेश गरेको शंका गरेर पुगेको स्पष्टीकरण दिएका छन्।

तर, घटनाको फुटेजमा भने नगर प्रहरीको तर्फबाट कुटपिट भएको दृश्य प्रष्ट देखिन्छ। तीव्र गतिमा आएको एउटा जिपले ६ लेन सडकको बिच भागमा राखिएको जाली भत्काएपछि त्यसको खोजीमा नगर प्रहरीको टोली भन्सार कार्यालयसम्म पुगेको बताइएको छ।

बिज्ञापन

दुवै पक्षका भनाइ फरक–फरक आउँदा घटनाको यथार्थ उजागर गर्न छानबिन अपरिहार्य देखिन्छ। सरकारी कार्यालयभित्रै यस्तो घटनाले प्रशासनिक मर्यादा र सुरक्षाको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गरिँदैछ।

प्रमुख भन्सार अधिकृत तिमिल्सिनाले आफूले सार्वजनिक जिम्मेवारी निर्वाह गरिरहेकै बेला शारीरिक दुर्व्यवहार भोग्नुपरेको भन्दै न्यायिक छानबिनको माग गरेका छन्। अर्कोतर्फ नगर प्रहरी निरीक्षक धामी भने आफू निर्दोष रहेको र घटनालाई गलत ढंगले प्रस्तुत गरिएको दाबीमा अडिएका छन्।

अहिले जिल्ला प्रशासन कार्यालय, कैलाली र भन्सार निर्देशनालय दुवैले घटनाबारे तथ्य संकलन थालेका छन्। घटनाले स्थानीय निकाय र संघीय निकायबीचको अधिकार क्षेत्रको सीमा, समन्वय र मर्यादामाथि गहिरो बहस गरिरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष