कन्सल्टेन्सीहरूले विदेशमा कामदार पठाएको पाइए कारबाही हुन्छ:- वैदेशिक रोजगार विभाग

वैदेशिक रोजगार विभागले कन्सल्टेन्सीहरूले विदेशमा कामदार पठाएको पाइए कारबाही हुने बताएको छ।

बिज्ञापन

ऐन विपरीत कुनै पनि व्यक्ति वा संस्थाले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउन वा पठाउनको लागि प्रक्रिया अगाडि बढाएको पाइए कानुनअनुसार कारबाही गर्ने विभागले जनाएको छ।

बिज्ञापन

गैरकानुनी रूपमा नेपालीलाई विदेश पठाउने गरेको गुनासो आएको भन्दै वैदेशिक रोजगार विभागले त्यसो गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

विज्ञप्ति जारी गर्दै विभागले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकका रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन बमोजिम विभागमा दर्ता भएका संस्थाले मात्र अनुमति पाएको स्पष्ट पारेको छ।

बिज्ञापन

विभागको यस्तो चेतावनी अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अख्तियारले छापा हान्दै अनुसन्धान सुरु गरेपछि आएको हो।

कतिपय व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिम प्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्था लगायतले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको, राहदानी र अन्य संस्थाले नेपाली श्रमिकलाई विदेश पठाइदिने सूचना जारी गरेको पाइएको विभागको भनाइ छ।

त्यस्तै राहदानी र अन्य कागजात संकलन गर्ने र नक्कली कागजात तयार गरी विदेश पठाउने काममा संलग्न भएको भन्दै विभागमा उजुरी र जनगुनासो समेत आएको विज्ञप्तिमा उल्लेख छ।

विभागले गैरकानुनी हिसाबमा वैदेशिक रोजगारीमा नपठाउन सचेत गराउँदै टोली खटाइ नियमित तथा आकस्मिक अनुगमन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भक्तपुर मालपोतमा ‘डम्बर कार्की साम्राज्य’: डेढ करोडको डिलदेखि अधिकृत सरुवा धन्दा

कर्मचारीलाई विश्वास गर्दा मुलुक विग्रियो रे ?

१०८ कर्मचारीहरूको सरुवा

सेवा होइन, सास्ती दिने कार्यालय:-अनियमितताको दलदलमा कम्पनी रजिस्ट्रार

१ मिनेटमै सकियो महानगरपालिकाको बैठक : २५ अर्वको बजेट आइतबार

निर्देशक,लेखा अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्धा

कारागारबाट १२७ दिनमा थुनामुक्त भए ‘लोकसेवा गुरु’,अर्काे तारेख साउन १२ मा

परियारलाई सभापति बनाएपछि पारित भयो कार्यविधि,आज बन्दैछ कार्यतालिका

बिशेष