गणतन्त्र आए यता मुलुकमा १५ जना गृहमन्त्री भए,तीमध्ये अधिकांश विवादमा परेका छन् ।जसमध्ये केही भ्रष्टाचार मुद्धा चल्यो । केही कारागारमै पुगेका छन् । जस्तो वर्तमान ओली सरकारका गृहमन्त्री रमेश लेखक,पूर्व गृहमन्त्री बालकृष्ण खाँणझैं मानव तस्करीको आरोपमा मुछिएका छन् ।
हालैमात्र अध्यागमनको जिएमलाई अख्तियारले तानेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहँदा उनी प्युसोमात्र भएको र सो को लहरो माथिसम्म भएको रहष्य खुलेको छ ।भिजिट भिसा प्रकरणमा जोडिएर मन्त्री लेखक बदनामी खेपिरहेका छन् । विवादै विवादमा मुछिएका सहसचिव तीर्थ भट्टराईलाई ज्ञिवि अध्यागमनमा खटाएका थिए उनले गत असोजमा । सो कार्यालयबाट भिजिट भिसाका नाममा मात्र दैनिक ५० लाखसम्म कलेक्सन हुने गरेको बिषय अहिले बाहिरिएको छ ।
बिज्ञापन
यसरी गृहमन्त्री भएर बदनामी कमाउने रमेश एक्ला होइनन्,काँग्रसका तर्फबाट मन्त्री बनेका गोविन्दराज जोशी,खुमबहादुर खड्का,बालकृष्ण खाँण,विजयकुमार गच्छदारहरुलाई भ्रष्टाचार मुद्धा चल्यो । नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणदेखि बुटवलको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा पूर्व गृहमनत्री रवि लामिछाने अहिले पनिथुनामा रहेका छन् ।
बिज्ञापन
शक्तिमा रहँदा माओवादीभित्रको गच्छदार भनेर चिनिएका कृष्णबहादुर महरा पनि पूर्व गृहमन्त्री हुन । उनी पनि पटक थुनामा परे । महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा काठमाडौँबाट पक्राउ परेका थिए । दोस्रो पटक उनी भैरहवाबाट पक्राउ परेका थिए । इलेक्ट्रिक चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा महराको कनेक्सन देखिएको भन्दै उनी पक्राउ परेका थिए । पछि ८० चैत्रमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको सहमतिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रिहा गरेको थियो ।
यस्तै ८० वैशाख २७ मा अर्काे गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका थिए,नक्कली भुटानी शरणार्थी प्रकरणमा । तर उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाख रुपैंया धरौटी लिएर थुनामुक्त भएका थिए । खाँणमाथि गृह मन्त्रालयमा पेश भएको भुटानी शरणार्थी सम्बन्धी प्रतिवेदन फेरबदल गरेको आरोप थियो । गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे भने प्रहरी हिरासतमा छन् ।
बिज्ञापन
यस्तै अर्काे गृहमन्त्री विजय कुमार गच्छदार बालुवाटार जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा खेपे । उनी विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भए पछि ।
६३ साल यता कृष्ण प्रसाद सिटौला,भीम रावल,कृष्णबहादुर महरा,नारायणकाजी श्रेष्ठ,विजय गच्छदार,माधव प्रसाद घिमिरे,शक्ति बस्नेत,विमलेन्द्र निधि,जनार्दन शर्मा,रामबहादुर थापा,बालकृष्ण खाँण,रवि लामिछाने,नारायणकाजी श्रेष्ठ,रमेश लेखक गृहमन्त्री भएका छन् ।
जसमध्ये कृष्ण सिटौला राष्ट्रिय सभामा छन् । भीम रावल एमाले छाडे पछि गुमनाम जस्तै छन् । यस्तै कृष्णबहादुर महरा मुद्धा परेर जेल परेर निस्किएपछि राजनीतिमा निस्क्रिय जस्तै छन् । उस्तै हालतमा छन्,विजय गच्छदार ।
माओवादी बनेका एमाले बनेका रामबहादुर थापा हुन वा काँग्रेसमै रहेका विमलेन्द्र निधि,बालकृष्ण खाँणहरु पनि उति सक्रिय छैनन्,राजनीतिमा ।