भ्रष्टाचार मुद्धामा सफाई,लगतै गृहमन्त्रीको ‘कोर टिममा’

पछिल्लो समय गृह प्रशासन एक पछाडि अर्काे भ्रष्टाचारमा मुछिँदै छ । भिजिट भिसा प्रकरणमा अदालतमा डामिएका,यस अघि भ्रष्टाचार मुद्धा लागेका कर्मचारीहरु गृहमन्त्री रमेश लेखकका कोर टिममा छन् । यस्का अलवा गृह प्रशासनको तालाचाबी पर्वतेहरुको पोल्टामा पुगेको छ । त्यहाँ कञ्चनपुरबाट निर्वाचित रमेश लेखक मन्त्रीको कुर्सीमा छन् । स्वकीयमा बद्री तिवारी र काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा ऋषिराम तिवारी छन् । यी दुबै तिवारीको पछिल्लो समय गृह प्रशासन कब्जामा छ ।

बिज्ञापन

बद्री तिवारी सदावहार काँग्रेसी मन्त्रीका पिएका रुपमा चिनिन्छन् । केही समय डिभिजन सहकारी कार्यालय ललितपुर,दिल्ली दुतावासमा बसेका उनी लेखक राज्यमन्त्री हुँदा उनकै सचिवालयमा बसेर उठ्ती पुट्तीमा सक्रिय थिए । त्यतिबेला पनि तिवारीले म्यानपावर व्यवसायीहरुसँग पैसा उठाउने गरेको अरोप लागेको थियो । गत चार कार्तिकदेखि मन्त्री लेखकको सचिवालयमा भित्रिएका उनी यस अघि सुजाता कोइराला मन्त्री हुँदा होस वा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा उनको पनि सचिवालयमा रहेका तिवारीले आतंक मच्चाए पछि त्यहाँबाट हटाएर नयाँ दिल्लीस्थित नेपाली दूतावासको सहायक कन्सुलरको खटाइएको उनलाई फेरि गृहमा भित्र्याइएको छ ।

बिज्ञापन

त्यहाँ यस अघि अध्यागमनको भ्रष्टाचारमा मुछिएका विमल पौडेल प्रशासनका हर्ताकर्ता छन् । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठको समयमा भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारी हुन,उनी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले २०८० माघ १८ मा जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्दा शाखा अधिकृत विमल पौडेललाई समेत प्रतिवादी बनाइएपछि उनी फरार थिए । पौडेल पूर्वगृहसचिव महेश्वर न्यौपानेको सिफारिसमा विमानस्थलस्थित अध्यागमन पुगेका थिए । अध्यागमन जानुअघि न्यौपानेको निजी सचिवसमेत थिए । त्यतिखेर अदालतमा मुद्दा दायर गरेपछि प्रहरीले पौडेलसहितका अध्यागमन अधिकृतहरूको सम्पत्ति छानबिन गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्राचार गरेको थियो । तर, यसबारे अख्तियारले कुनै कारबाही अघि बढाएन ।उनी ८० चैत्र २० देखि मन्त्रीको सचिवालयमा कार्यरत रहेका छन् ।

बिज्ञापन

यस्का अलवा उप मन्त्रीका रुपमा कर्मचारीमाझ परिचित छन्,गणेदत्त ओझा । उनी प्रशासन महाशाखाका हर्ताकर्ता हुन । ओझा कैलालीको मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा नीतिगत निर्णय गरी ५४ लाख राजश्व छुट प्रकरणमा अख्तियारले डामेका अधिकृत हुन । पछिल्लो समय गृहको कर्मचारी खटन पटनमा गुनासो चुलिँदो छ ।भुक्तभोगी कर्मचारीहरुका अनुसार टिआइएमा जानका लागि प्रति कर्मचारी सातदेखि १० लाख रेट तोकिएको छ । गृहमन्त्री लेखक र सचिव दुवाडीका विश्वासपात्र कर्मचारी प्रशासन शाखाका अधिकृत गणेशदत्त ओझाले अध्यागमनको लाइन मिलाउने गरेको बताइँदै आएको छ । उनी ८० असार १३ गते गृह मन्त्रालयमा हाजिर भएर निजामती कर्मचारी प्रशासन शाखा हेर्दै आएका छन् ।

अख्तियारले ०७४७५ मा ढुंगा, गिटी, बालुवा उत्खनन र बिक्रीको ठेक्कामा कार्यपालिकाबाट निर्णय गराएर राजस्व छुट दिएको आरोपमा गाउँपालिका अध्यक्ष, कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो। ५४ लाख १८ हजार रुपैयाँ कार्यपालिकाबाट निर्णय गराएर गैरकानुनी रूपमा छुट दिइएको पुष्टि भएपछि अख्तियारले मुद्दा चलाएको थियो। तत्कालीन प्रमुख प्रशाकीय अधिकृत ओझाले पहिलो किस्ताबापतको कबोल अंक रकम ठेकेदारबाट सर्तबमोजिम सम्झौताका बखत नगद जम्मा गर्न नलगाई सम्झौता गरेको अख्तियारको आरोपमा उल्लेख छ।

गृह प्रशासन बदनाम हुनुमा मन्त्रीको स्वकीय बदी तिवारी,कर्मचारी प्रशासन हेर्ने छवि रिजाल,मन्त्रीको सचिवालयमा रहेका उनै विमल पौडेल र कर्मचारी प्रशासन शाखामा रहेका गणेदत्त ओझाको ठूलो भूमिका रहेको गृहका कर्मचारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष