पोखरेलको नौलो अभियान :-‘घुसको विरोध,पाँच रुपैंया सहयोग’

पछिल्लो समय ओपन सेक्रेट जस्तै बनेको एउटा तथ्य हो,घुस विना कर्मचारीको सरुवा हुन्न । कुनै निकायमा जानका लागि,सरुवा उल्टाउनका लागि नजराना बुझाउनुपर्दछ ।
यसरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मनलाग्दी सरुवा गर्ने प्रवृत्ति मौलाएसँगै सो को विरोधमा एक सुव्वा तहका कर्मचारीले नौलो अभियान शुरु गरेका छन् ।

बिज्ञापन

घुसको विरोध,पाँच रुपैंया सहयोग भन्दै उनी आज देखि सरकारी कार्यालयका अगाडि बसेर कचौरोमा रकम बटुलिरहेका छन् । आज विहानै लगनखेलस्थित मालपोत कार्यालयको गेटमा एक्लै कराइरहेका थिए,ती कर्मचारी ।

बिज्ञापन

अगाडि कचौरा,दुई हातमा दुई थरी कार्ड बोकेर ललितपुरको मालपोत कार्यालयको गेटमा एकसुरो बर्बराइरहेका छन्,उनी ।

नियमित हुनुपर्ने सरुवा प्रक्रियामा समेत दलाल र विचौलिया हावी भएको र उनीहरुकै योजना अनुसार सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवा गर्ने थालेको भन्दै ती प्रशासकका लागि सरकारी कार्यालयबाट पाँच रुपैयाका दरले रकम उठाइरहेका सुव्वा हुन पशुपति पोखरेल ।विचौलियासँग मिलेर घुस खाएर मात्र कर्मचारीहरु सरुवा गरिएको भन्दै सो को विरोधमा उनले रकम संकलन अभियान चलाएका हुन ।

बिज्ञापन

उनी केही बर्ष अघिमा स्वतन्त्र कर्मचारी अभियानका नाममा गतिविधि गरिरहेका छन् । कहिले सिंहदरबारको गेटमा नाग्गै उभिएर त कहिले पर्यटन विभाग,सामान्य प्रशासन मन्त्रालयमा एक्लै उभिएर सरकारी क्रियाकलापको विरोध र नीति र थितिका लडिरहेका सुरो एकलकाँटे नेता हुन् पशुपति पोखरेल ‘पपे’ । उनी शहरी विकास मन्त्रालय मातहत कार्यरत छन् ।

उनी अधिकांश कार्यलय,निकायमा एक्लै जान्छन् र यसैगरी विकृती र विसंगतीका विरुद्ध आवाज उठाइरहन्छन् । दले र झोलेले निजामती सेवा ध्वस्त पारेको आरोपसमेत लगाउने पोखरेलले सरकारी कार्यालयहरुबाट पाँच रुपैंयाका दरले रकम संकलन गरेर हुलाकमार्फत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन महाशाखामा सो रकम पठाउन लागेका हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सभापति खतिवडा भन्छन्, ‘सबै कर्मचारीको चित्त बुझ्ने गरी निजामती विद्येयक ल्याउन सकिँदैन’

यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका ९ निर्णयहरु

भिजिट भिसा प्रकरण : सहसचिवसँग बयान जारी ,चार डिभाइस नियन्त्रणमा लिएर चल्दैछ अनुसन्धान

‘कुलिङ पिरियड’ले उच्च प्रशासकहरु तनावमा,हटाउन माग गर्दै नेताहरुको घर दैलोमा

खुकुरी काण्डका आरोपितविरुद्ध मुद्दा दायर, प्रहरीले चासो नदेखाएको पीडितको आरोप

पोखरेलको नौलो अभियान :-‘घुसको विरोध,पाँच रुपैंया सहयोग’

समितिबाट पारित निजामती विद्येयकप्रति कर्मचारीको चित्त दुखाई,११ बुँदे माग राखेर उत्रिए धर्नामा

मन्त्री,उपसचिव र विचौलियाको गठजोड : दैनिक बदनाम हुँदै सामान्य प्रशासन

बिशेष