केरूङबाट काठमाडौं आउँदै गरेको गाडी पछाडि स्याउ, अगाडि सुन

सुन तस्करी गर्ने उद्देश्यले रसुवाको केरुङ नाकातर्फ लैजाँदै गरेको २५ करोड रुपैयाँ बरामद भएको दुई महिना नबित्दै सोही नाकाबाट भित्रिएको साढे सात किलो सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो साढे १ बजे गोसाइँकुण्ड गाउँपालिका– २ रसुवागढीबाट सुन बरामद गरेको हो । सुन तस्करीमा गोसाइँकुण्ड– ५ का २५ वर्षीय किशोरकुमार भुजेल पक्राउ परेका छन् ।

बिज्ञापन

सुन तस्करी हुँदैछ भन्ने सूचना प्रहरीलाई थियो। त्यसअघि नै प्रहरीले तस्करी नियन्त्रण गर्न निगरानी पनि गरिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।

बिज्ञापन

आइतबार दिउँसो साढे १ बजेतिर प्रहरी उक्त स्थानमा खटिएको थियो। प्रहरीले चीनको केरूङ नाकाबाट आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको गाडीलाई रोकेर जाँच लियो। जाँच गर्ने क्रममा गाडी पछाडि स्याउ फेला पर्‍यो।

उक्त गाडी काठमाडौं जाँदै गरेको बयान चालकले दिए।तर खोजी गर्ने क्रममा गाडीको अगाडिपट्टि फल्स बटम बनाएर सुन लुकाइएको अवस्थामा फेला परेको हो।

बिज्ञापन

गाडी स्याउ बोकेर काठमाडौं जाँदै थियो। जाँच गर्दा सुन फेला परेको हो,’ डिएसपी शाहीले भने, ‘चालक बस्ने क्याबिनको ढोकामा फल्स बटम बनाएर सुन लुकाएको फेला परेको हो।’

गाडी पछाडि ५०० कार्टनभन्दा बढी स्याउ थियो।प्रहरीले चालक भुजेलमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

अन्तर स्थानीय तह सरुवा चाहने कर्मचारीसँग आवेदन आह्वान,सात दिनको समयसीमा

बिशेष