केरूङबाट काठमाडौं आउँदै गरेको गाडी पछाडि स्याउ, अगाडि सुन

सुन तस्करी गर्ने उद्देश्यले रसुवाको केरुङ नाकातर्फ लैजाँदै गरेको २५ करोड रुपैयाँ बरामद भएको दुई महिना नबित्दै सोही नाकाबाट भित्रिएको साढे सात किलो सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो साढे १ बजे गोसाइँकुण्ड गाउँपालिका– २ रसुवागढीबाट सुन बरामद गरेको हो । सुन तस्करीमा गोसाइँकुण्ड– ५ का २५ वर्षीय किशोरकुमार भुजेल पक्राउ परेका छन् ।

बिज्ञापन

सुन तस्करी हुँदैछ भन्ने सूचना प्रहरीलाई थियो। त्यसअघि नै प्रहरीले तस्करी नियन्त्रण गर्न निगरानी पनि गरिरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।

बिज्ञापन

आइतबार दिउँसो साढे १ बजेतिर प्रहरी उक्त स्थानमा खटिएको थियो। प्रहरीले चीनको केरूङ नाकाबाट आउँदै गरेको बा ४ ख ६२०१ नम्बरको गाडीलाई रोकेर जाँच लियो। जाँच गर्ने क्रममा गाडी पछाडि स्याउ फेला पर्‍यो।

उक्त गाडी काठमाडौं जाँदै गरेको बयान चालकले दिए।तर खोजी गर्ने क्रममा गाडीको अगाडिपट्टि फल्स बटम बनाएर सुन लुकाइएको अवस्थामा फेला परेको हो।

बिज्ञापन

गाडी स्याउ बोकेर काठमाडौं जाँदै थियो। जाँच गर्दा सुन फेला परेको हो,’ डिएसपी शाहीले भने, ‘चालक बस्ने क्याबिनको ढोकामा फल्स बटम बनाएर सुन लुकाएको फेला परेको हो।’

गाडी पछाडि ५०० कार्टनभन्दा बढी स्याउ थियो।प्रहरीले चालक भुजेलमाथि थप अनुसन्धान गर्न भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१ उपसचिवसहित १० अधिकृतको सरुवा,९ पुगे निर्वाचन आयोग

चार कर्मचारी बर्खास्त,तीनलाई विभागीय कारवाही

इलाममा आज रातिदेखि सवारी आवागमन रोक

प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन

शिक्षा अधिकृतको ‘विवाह नगरे ज्यान लिने’ धम्कीपछि शिक्षिका झुण्डिइन्,पक्राउ परे रावल

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

किन बढ्दैछ प्रहरीमा राजीनामा दिने ट्रेन्ड ? थपिए एसएसपी रानाभाट

एसएसपी प्रकाश रानाभाटले किन दिए राजीनामा ?

बिशेष