गएको तनावमुक्त बन्न तर वातावरण बन्यो एकाएक कोलाहलपूर्ण ! मीनभवनको घटनालाई पनि माथ खुवाउने गरी अर्काे काण्ड घटेको थियो केन्द्रीय बैंकमा । यौन दुर्व्यवहार प्रकरण घटेको दुई महिना पछि उक जना हाकिमलाई केन्द्रीय बैंकले बर्खास्त गरेको छ ।
बिज्ञापन
मदहोसीमा दुई वटा सरकारी निकायका उपल्ला तहका हाकिमहरुले गरेको बदमासीले अहिले सिंगै कर्मचारीको शीर गिर्ने अवस्था आएको छ । मीनभवनतिरका एक सहसचिवले नशाको तालमा आफूभन्दा जुनियर कर्मचारीलाई शारिरीक सम्पर्कका लागि प्रस्तावसहितको म्यासेज पठाए । त्यो भन्दा केही महिना अघि नै केन्द्रीय बैंकका निर्देशकले आफूभन्दा सिनियर कर्मचारीलाई अंकमाल गर्न पुगे,नशाकै तालमा । दुई महिनाभन्दा लामो समयसम्म गुपचुप राखिएको यो प्रकरणमा अन्तत ती हाकिमलाई निलम्बन गरिएको हो । अन्तत : उनलाई सोमबार पदबाटै बर्खास्त गरिएको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।
बिज्ञापन
केही अघि केन्द्रीय बैंकको उच्च टोली तनाब व्यवस्थापनका रात बिताउन नगरकोट पुगेको थियो । तनाव व्यवस्थापन गर्न गएको उक्त टोलीले नगरकोटस्थित मेस्टिक माउन्टेन रिसोर्टमा रात बिताएको थियो । कार्यक्रम सम्पन्न भएपछि बेलुकी रक्सीसहितको ‘कक्टेल’ पार्टी थियो । हाँसोठट्टा चलिरहेको थियो । त्यस्तैमा टक्सार विभागका तत्कालिन प्रमुख थानेश्वर आचार्य एकाएक उठेर आफूभन्दा सिनियर कर्मचारीलाई अंकमाल गरेपछि बबाल मच्चिएको प्रकरण गुपचुप राखिएको थियो । यो प्रकरणको छानविन समिति बन्यो । स्पष्टीकरण सोधिएको थियो । अन्तत उनलाई पदबाटै बर्खास्त गरिएको हो ।राष्ट्र बैंक मानव संशाधन विभागले उनलाई बर्खास्ती गरेको नेपाल राष्ट्र बैंक स्रोतले जनाएको छ ।
यो प्रकरणपछि आचार्यलाई जनशक्ति व्यवस्थापन विभागको अतिरिक्त शाखामा सरूवा गरिएकोमा सोमबार केन्द्रीय बैंकले उनलाई पदबाटै बर्खास्त गरेको जनाएको छ ।