प्रधानमन्त्री देखी मन्त्रीका सल्लाहकारले बिचौलिया हावी गराएः रामहरी खतिवडा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकार बदनाम हुनुमा सल्लाहकारहरूको भुमिका रहेको आरो लगाएका छन् ।

बिज्ञापन

प्रतिनिधिसभाको जारी बैठकमा राज्य ब्यवस्था समितिका सभापतिसमेत रहेका सांसद खतिवडाले नेकपा एमाले र नेपाली कांग्रेसको सरकार ‘बदनाम’ हुनुमा सल्लाहकारको भुमिका रहेको आरोप लगाएका हुन् ।

बिज्ञापन

उनले राष्ट्रपति, प्रधानमन्त्री देखी मन्त्रीहरुका सल्लाहकारले खेलेको भूमिकामाथी प्रश्न उठाउँदै उनीहरूमार्फत नै विचौलियाहरूको रजगज भएको पनि बताएका छन् ।

‘अहिले एउटा चर्चित काण्डमध्ये शरणार्थी काण्डको बीजारोपण गर्ने सल्लाहकार नै थिए। सल्लाहकारहरू सही ठाउँमा सल्लाह दिने छन् कि छैनन् सल्लाहकारहरू विचौलियाका रूपम प्रवेश गरेका छन् कि छैनन् सल्लाहकारहरूसँग बेलुका बसेर मन्त्री प्रधानमन्त्री मात्रै होइन, राष्ट्रपतिसम्मको सल्लाहकारको कुरा गरेको हुँ। प्रधानमन्त्रीको सल्लाहकार मन्त्रिपरिषद् आफैँ हुन्छ,  परराष्ट्रमन्त्री आफैँ सल्लाहकार हुनुहुन्छ,’ उनले संसदमा भने, ‘प्रधानमन्त्रीको, राजनीतिक विज्ञ सल्लाहकार अरे, कानुन विज्ञ सल्लाहकार अरे, जल तथा वातावरण विज्ञ सल्लाहकार अरे, अन्तर्राष्ट्रिय सम्बन्ध विज्ञ सल्लाहकार अरे, सञ्चार विज्ञ सल्लाहकार अरे, मुख्य सल्लाहकार अरे, आर्थिक विज्ञ सल्लाहकार अरे, जनसम्पर्क सल्लाहकार अरे, मानव अधिकार तथा सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अरे, सूचना प्रविधि विज्ञ अरे।’

बिज्ञापन

उनका अनुसार सल्लाहकारका कारण प्रधानमन्त्री र मन्त्रीहरू बदनाम हुने गरेको भन्दै सल्लाहकारको भुमिकामा प्रश्न उठाएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नगर्न अर्थ मन्त्रालयको परिपत्र

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

रुपन्देहीमा सशस्त्र प्रहरीको दृढ उपस्थिति: सीमासुरक्षा, लागुऔषध नियन्त्रण र राजस्व सुरक्षा एकैसाथ

सुव्वाको भंयकर शक्ति

लिजको जग्गा धितो राखेर डेढ अर्व ऋृण,किन हुँदैन छानबिन ?

बिशेष