पूर्व मन्त्री,सचिवसहित १६ विरुद्ध ३ अर्बको भ्रष्टाचारको मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री तथा काँग्रेसका सासद मोहन बस्नेतसहित १६ विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले टेरामक्स घोटला प्रकरणमा पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । बस्नेतसहित अन्य १५ जना र कम्पनी उपर बिगो ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो मागदाबीसहित विशेषमा आज मुद्धा दायर गरिएको हो ।

बिज्ञापन

जसमा नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा,उनी पछिका अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका सदस्यहरू धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीका अलवा दूरसञ्चार प्राधिकरणका निर्देशकहरू विजयकुमार राय, रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा र दीपेश आचार्य तथा उपनिर्देशक सन्दीप अधिकारीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

यसका अलावा परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन र सोका मुख्य व्यक्ति जमाल अनोति तथा उक्त कम्पनीको लोकल एजेन्ट कनेक्सन ट्रेड लिंक प्रालि, काठमाडौंका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेललाई पनि प्रतिवादी बनाइएको छ ।

बिज्ञापन

भ्रष्टाचार मुद्धा लागेसँगै नेपाली काँग्रेसका सांसद मोहन बस्नेत पदबाट निलम्बित भएका छन् । यस्तै भ्रष्टाचार मुद्धा चलेका ज्ञवाली कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट ८० साल साउन ५ मा अवकाश पाएका हुन । अन्य मुद्धा चलेकामा दिगम्बर झा,पुरुषोत्तम खनालहरु यस अघि नै भ्रष्टाचार मुद्धामा परिसकेका पूर्व अध्यक्षहरु हुन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष