सब इञ्जिनियरलाई सेवाबाटै हटाउने तयारी

सडक विभागले सात महिनादेखि सम्पर्क विहिन रहेका सव इञ्जिनियरलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाएको छ ।
विभागले पुलमा पदाधिकार रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहमा सब इन्जिनियर पदमा कार्यरत अस्मिता गुरागाईं (कर्मचारी संकेत नम्बर २४८७७९०) लाई महिना दिन भित्र विभागसमक्ष चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न अन्यथा सरकारी सेवाबाट हटाइने सूचनामार्फत जानकारी गराएको छ ।

बिज्ञापन

विभागका अनुसार सब इञ्जिनियर गुरागाईले ५७ दिनको सञ्चित स्वीकृत गराएर गत बर्ष कार्तिक ४ देखी सडक विभागमा हाजिर हुनुपर्नेमा विना सूचना अनुपस्थित रहेको कारण उनीमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।
सूचनामा भनिएको छ, निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसूरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय प्रस्तावका सम्बन्धमा सूचना प्रकाशित भएका मितिले १५ दिनभित्र विभागमा सफाई पेश गर्न समय दिएकोमा सो समयभित्र कुनै सफाई वा प्रतिक्रिया प्राप्त नभएको हुँदा गुरागाईलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसूरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ?

बिज्ञापन

विभागले सूचनामा अगाडि भनेको छ,यदी सेवाबाट हटाउनु नपर्ने उचित र पर्याप्त कारण भए यो सूचना प्रकाशित भएका मितिले ३० दिनभित्र यस विभाग समक्ष स्पष्टीकरण पेश गर्नुहुन निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष