सब इञ्जिनियरलाई सेवाबाटै हटाउने तयारी

सडक विभागले सात महिनादेखि सम्पर्क विहिन रहेका सव इञ्जिनियरलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया अगाडि बढाएको छ ।
विभागले पुलमा पदाधिकार रहेका नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहमा सब इन्जिनियर पदमा कार्यरत अस्मिता गुरागाईं (कर्मचारी संकेत नम्बर २४८७७९०) लाई महिना दिन भित्र विभागसमक्ष चित्त बुझ्दो स्पष्टीकरण पेश गर्न अन्यथा सरकारी सेवाबाट हटाइने सूचनामार्फत जानकारी गराएको छ ।

बिज्ञापन

विभागका अनुसार सब इञ्जिनियर गुरागाईले ५७ दिनको सञ्चित स्वीकृत गराएर गत बर्ष कार्तिक ४ देखी सडक विभागमा हाजिर हुनुपर्नेमा विना सूचना अनुपस्थित रहेको कारण उनीमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ ।
सूचनामा भनिएको छ, निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसूरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय प्रस्तावका सम्बन्धमा सूचना प्रकाशित भएका मितिले १५ दिनभित्र विभागमा सफाई पेश गर्न समय दिएकोमा सो समयभित्र कुनै सफाई वा प्रतिक्रिया प्राप्त नभएको हुँदा गुरागाईलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) को कसूरमा सोही ऐनको दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाका निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ?

बिज्ञापन

विभागले सूचनामा अगाडि भनेको छ,यदी सेवाबाट हटाउनु नपर्ने उचित र पर्याप्त कारण भए यो सूचना प्रकाशित भएका मितिले ३० दिनभित्र यस विभाग समक्ष स्पष्टीकरण पेश गर्नुहुन निजामती सेवा ऐन, २०४९ को दफा ६७ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष