शिक्षा मन्त्रालयले रोक्यो कोरियाको एनओसी

दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीलाई सरकारले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) स्थगित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार सूचना जारी गर्दै डी टू र डी फोर भिसा नियमन गर्न कार्यदल गठन गर्ने निर्णयसँगै एनओसी स्थगित गरेको हो।

बिज्ञापन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि एनओसी जारी गर्न रोकेको हो । मन्त्रालयका सूचना अधिकारी नीलकण्ठ ढकालले तत्कालका लागि एनओसी जारी गर्न स्थगन गरिएको बताए ।

बिज्ञापन

सिओलस्थित नेपाली दूतावासको सिफारिसमा एनओसी दिन बन्द गरिएको हो । अध्ययनका लागि भन्दै कोरिया जाने विद्यार्थीहरू विभिन्न समस्यामा फस्ने पाइएको भन्दै दूतावासले एनओसी रोक्न माग गरेको थियो । विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जाने बित्तिकै अवैधानिकरूपमा भए पनि काम गर्न पाइन्छ भनेर आश्वासन दिने गरेको र उता गएपछि सोचे जस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा परेको दूतावासले उल्लेख गरेको छ ।

कोरिया सरकारले कालोसूचीमा राखेका विश्वविद्यालयहरूमा समेत विद्यार्थी पठाउने गरिएको पाइएको मन्त्रालयको सूचनामा उल्लेख छ।

बिज्ञापन

सरकारले अन्डरग्राजुएट कोर्स अध्ययन गर्न जाने विद्यार्थीहरूले सुरुदेखि नै रोजगारीलाई प्राथमिकता दिँदा अध्ययनमा निरन्तरता नहुने, स्टडी आवर कम भएका विश्वविद्यालयमा भर्ना हुने, पैसा कमाउन प्राथमिकता दिँदा अध्ययन अवरुद्ध हुनेजस्ता समस्या देखिएको जनाएको छ।

विद्यार्थीलाई कन्सल्टेन्सीहरूले कोरिया जानेबित्तिकै अवैधानिकरूपमा भनए पनि काम गर्न पाइन्छ भनेर आश्वासन दिने गरेको र उता गएपछि सोचेजस्तो नहुँदा विद्यार्थीहरू मानसिक तनाव र समस्यामा परेको दूतावासले उल्लेख गरेको छ ।

दूतावासका अनुसार डी फोर भिसामा जाने विद्यार्थीहरूले कोरिया प्रवेश गरेपछि ६ महिनादेखि एक वर्षसम्म भाषा अध्ययन गर्नुपर्छ । त्यसपछि डी फोरबाट डी टु भिषामा जान अर्को विश्वविद्यालयमा आवेदन दिनुपर्छ । त्यो बेला विद्यार्थीहरुले ब्ल्याक लिस्टका विश्वविद्यालयमा पनि अप्लाई गर्ने, क्रेडिट आवर कम भएकाहरूमा छानी छानी अप्लाई गर्ने समस्या देखिएको दूतावासको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

सहसचिवदेखि प्रधानमन्त्रीसम्मले एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

बिशेष