बिज्ञापन
काठमाडौं । गृहमन्त्रीको साथी हुँ भन्दै राष्ट्रसेवक कर्मचारीलाई गालीगलौज र धम्की दिने एकजना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ तिनदोबाटोबाट ५० वर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
बिज्ञापन
श्रेष्ठले आफू गृहमन्त्रीको निकट सहयोगी भएको दाबी गर्दै विभिन्न कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई टेलिफोनमार्फत धम्क्याउने, गालीगलौज गर्ने र दैनिक प्रशासनिक कामकाजमा अवरोध सिर्जना गर्ने गतिविधि गर्दै आएको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो।पक्राउ परेका श्रेष्ठ काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ निवासी हुन्।
उनलाई थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























