कासमूको सक्कल पठाइदिन सामान्यको परिपत्र

संघीय सामान्य तथा सामान्य प्रशासन मन्त्रालयले सक्कल कार्य सम्पादन मूल्याङ्कन फाराम पठाउनका लागि परिपत्र गरेको छ । मन्त्रालयले बढूवा प्रायोजनका लागि विशेष गरी राजपत्र अनंकित श्रेणीका जिल्ला र प्रदेश तहका विभिन्न निकायमा कार्यरत रहेका कर्मचारीहरुलाई पछिल्लो पाँच आर्थिक बर्षको कासमूको सक्कल पठाउन परिपत्र गरेको हो ।

बिज्ञापन

मन्त्रालयद्धारा जारी परिपत्रमा भनिएको छ,कतिपय कर्मचारीहरुको कार्यसम्पादन मूल्याङ्कन फाराम तोकिएको समयमा प्राप्त नभई बढुवा कार्यमा विलम्ब भएको र सम्बन्धित कर्मचारीले आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाराम पठाईदिने व्यवस्थाका लागि तत् तत् निकायमा अनुरोध गर्दा यस मन्त्रालयको पत्र माग भएको भन्ने बुझिएकोले यसै पत्र एवम् सम्बन्धित कर्मचारीको निवेदन समेतका आधारमा पछिलो पाँच आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन फारामको सक्कल प्रति बढुवा प्रयोजनार्थ शिलबन्दी गरी यथाशीघ्र बढुवा समितिको सचिवालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाईदिनुहुन आदेशानुसार अनुरोध छ।

बिज्ञापन

निजामती सेवा ऐन, २०४९ को दफा २४क (६) बमोजिम निजामती कर्मचारीहरुको एक प्रति वार्षिक कार्यसम्पादन मूल्याङ्कन फाराम बढुवा समितिको सचिवालयमा अनिवार्य पठाउने व्यवस्था भएकोमा कतिपय कर्मचारीहरुले कासमू विवरण नै नपठाएका कारण उनीहरुलाई परिपत्रै गरेर सम्झाइएको मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष