नक्कली प्रमाणपत्रधारी इञ्जिनियर अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार सेवामा नियुक्त भएका एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धि आरोपमा राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोक, ललितपुरमा  करारमा कार्यरत इन्जिनियर सुमन खनालविरुद्ध अख्तियारले आज विशेषमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर ओहोदा, लाभ र सुविधा प्राप्त गरेको भन्दै आयोगले इन्जिनियर सुमन खनालविरुद्ध आयोगले विशेषमा आरोपपत्र दायर गरेको हो । खनालले करारमा नियुक्ति लिने प्रयोजनका लागि पेस गरेको ब्याचलर अफ सिभिल इन्जिनियरिङ तह र नेपाल इन्जनियरिङ काउन्सिलको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ ।

बिज्ञापन

उनले पेस गरेका कागजात नक्कली रहेको भन्‍ने उजुरीमा अनुसन्धान हुँदा निज सुमन खनालले राष्ट्रिय आवास कम्पनी लिमिटेड, पुल्चोक ललितपुरमा इन्जिनियर पदमा करारमा तथा ज्यालादारीमा नियुक्ति हुन बीई सिभिल इन्जिनियरिङ एकाडेमिक ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट, इस्टर्न कलेज अफ इन्जिनियरिङबाट जारी भएको क्यारेक्टर सर्टिफिकेट, नेपाल इन्जिनियरिङ परिषदको प्रमाण पत्र, इन्जिनिरिङको लाइसेन्स समेत नक्कली पेस गरेको भेटिएको आयोगले जनाएको छ ।

‘शैक्षिक योग्यता तथा प्रमाणपत्र पेस गरी ओहोदा, लाभ र सुविधा प्राप्त गरेको देखिएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष