यी हुन सर्वाेच्च अदालत र प्रहरी प्रशासनलाई झुक्याउने सन्की अधिकृत

एक जना शाखा अधिकृतको पत्रले अहिले नेपालको राजनीतिमात्र होइन,सर्वाेच्च अदालत,प्रशासन समेत तरङ्गित हुन पुगेको छ । यसरी नेपालको राजनीति,सर्वाेच्च प्रशासनलाई खैलाबैला मच्चिने गरी पत्र लेख्ने शाखा अधिकृत हुन महिमानसिंह विष्ट । एक दशक अघि न्याय क्षेत्रमा प्रवेश गरेका विष्टले बुधबार लेखेको अनधिकृत पत्रका कारण नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परे । जनमत पार्टीसँग एकता घोषणा कार्यक्रमको लागि राजधानीको कमलादीस्थित राष्ट्रिय प्रज्ञा प्रतिष्ठान पुगेका रेशमलाई आज दिउँसो सादा पोशाकमा खटिएका प्रहरीले पक्राउ गरेका थिए । पक्राउलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो ।

बिज्ञापन

यसरी सर्वोच्चबाट भएको फैसला कार्यान्वयनका लागि फैसला कार्यान्वयन निर्देशनालयले सम्बन्धित निकायमा पत्राचार हुनुपर्ने भए पनि सर्वोच्च अदालतको मुद्दा शाखाले प्रहरीलाई पत्र पठाएको भेटिएपछि कैफियत खोज्दै जाँदा यसमा उनै महिमानसिंह विष्ट जोडिएका हुन ।

बिज्ञापन

एक दशक अघि न्याय सेवामा प्रवेश विष्ट कञ्चनपुर, नुवाकोट, हेटौंडा लगायतका कार्यालयमा केही अघिमात्र सर्वोच्च अदालतमा आइपुगेका हुन् । जनमत पार्टीसँगको एकता भाड्ने गरी अनधिकृत पत्र काटेको खुलेसँगै विष्टलाई नै प्रहरीले नियन्त्रणमा लिएको छ। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न भन्दै आफूखुसी डिल्लीबजार कारागारलाई पत्र पठाएको खुलेपछि विष्ट पक्राउ परेका हुन ।

बिज्ञापन

शाखा अधिकृत विष्टले सर्वोच्च अदालतमा तोकिएको जिम्मेवारीभन्दा बाहिर गई अन्य पदाधिकारीलाई तोकिएको जिम्मेवारी ग्रहण गरी अदालतको लेटर प्याड, छाप र पदको दुरुपयोग गरी पत्राचार गरिएको खुलेको छ ।

सो सँगै विष्टलाई सर्वोच्च अदालत सुरक्षा एकाइले पक्राउ गरेर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो।

विष्टको नामबाट जारी भएको पत्र शंकास्पद र कानुनसम्मत नभएको खुलेपछि सर्वोच्च अदालत परिसरबाटै उनलाई पक्राउ गरेर अहिले जिल्ला प्रहरी परिसर भद्रकाली लगिएको छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष