प्रज्ञा भवनबाटै पक्राउ परे रेशम चौधरी,पार्टी एकता स्थगित

रेशम चौधरी पक्राउ परेसँगै पार्टी एकता प्रक्रिया स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी र सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबीच आजै एकता कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम स्थलबाटै सादा पोशाकमा खटिएका प्रहरीले चौधरीलाई पक्राउ गरेसँगै आज आयोजित पार्टी एकता कार्यक्रम स्थगित भएको जनाइएको छ ।

बिज्ञापन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) र  जनमत पार्टीसँग एकताको कार्यक्रम आयोजना गरिएको थियो प्रज्ञा भवन कमलादीमा । सोही कार्यक्रमस्थलबाट केही समय अघि चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले डिल्लीबजार कारागारमा लगिएको छ ।

बिज्ञापन

प्रहरीले भने फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जनाएको छ । २०७२ सालमा कैलीलीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले २०८० जेठमा चौधरीलाई आमाफी दिएका थिए । सो निर्णयविरुद्ध कैलालीको टीकापुरमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट हालेकी थिइन् ।

बिज्ञापन

रेशम चौधरी पक्राउ परेसँगै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

काठमाडौँका सडकमा ‘नो कम्प्रोमाइज’ नीति लागू

मालपोत चाबहिलमा घुसको संगठित खेल : कर्मचारीबाटै मासिक २४ लाख असुली

सुशीलाको क्याविनेटमा चन्द्र ढकालको ‘इन्ट्री’

शाखा अधिकृत,लेखापाल,सब इञ्जिनियरसहित ६ विरुद्ध १४ करोडको भ्रष्टाचार मुद्धा

२ उपसचिव,४१ शाखा अधिकृत,१६ नासुसहितका ७२ कर्मचारी कारवाहीमा

पोखरा सडक महोत्सवमा देशवासीलाइ रेवानको निम्तो

पूर्व सचिव र सहसचिवसहित चारविरुद्ध ५अर्ब २५ करोडको मुद्दा दायर

सिआइबीको अनुसन्धानमा तानिएकी पन्तलाई कसले भगायो ?

बिशेष