प्रज्ञा भवनबाटै पक्राउ परे रेशम चौधरी,पार्टी एकता स्थगित

रेशम चौधरी पक्राउ परेसँगै पार्टी एकता प्रक्रिया स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी र सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबीच आजै एकता कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम स्थलबाटै सादा पोशाकमा खटिएका प्रहरीले चौधरीलाई पक्राउ गरेसँगै आज आयोजित पार्टी एकता कार्यक्रम स्थगित भएको जनाइएको छ ।

बिज्ञापन

नागरिक उन्मुक्ति पार्टी (नाउपा) र  जनमत पार्टीसँग एकताको कार्यक्रम आयोजना गरिएको थियो प्रज्ञा भवन कमलादीमा । सोही कार्यक्रमस्थलबाट केही समय अघि चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले डिल्लीबजार कारागारमा लगिएको छ ।

बिज्ञापन

प्रहरीले भने फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जनाएको छ । २०७२ सालमा कैलीलीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले २०८० जेठमा चौधरीलाई आमाफी दिएका थिए । सो निर्णयविरुद्ध कैलालीको टीकापुरमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट हालेकी थिइन् ।

बिज्ञापन

रेशम चौधरी पक्राउ परेसँगै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष