रेशम चौधरी पक्राउ परेसँगै पार्टी एकता प्रक्रिया स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टी र सिके राउत अध्यक्ष रहेको जनमत पार्टीबीच आजै एकता कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम स्थलबाटै सादा पोशाकमा खटिएका प्रहरीले चौधरीलाई पक्राउ गरेसँगै आज आयोजित पार्टी एकता कार्यक्रम स्थगित भएको जनाइएको छ ।
बिज्ञापन
नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीसँग एकताको कार्यक्रम आयोजना गरिएको थियो प्रज्ञा भवन कमलादीमा । सोही कार्यक्रमस्थलबाट केही समय अघि चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अहिले डिल्लीबजार कारागारमा लगिएको छ ।
बिज्ञापन
प्रहरीले भने फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जनाएको छ । २०७२ सालमा कैलीलीको टिकापुर घटनामा संलग्नताको आरोपमा जेल बसेका चौधरी राष्ट्रपतिबाट आममाफी पाएर राजनीतिक क्रियाकलापमा संलग्न रहँदै आएका थिए । टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।
मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले २०८० जेठमा चौधरीलाई आमाफी दिएका थिए । सो निर्णयविरुद्ध कैलालीको टीकापुरमा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले सर्वोच्चमा रिट हालेकी थिइन् ।
बिज्ञापन
रेशम चौधरी पक्राउ परेसँगै जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीचको एकता कार्यक्रम स्थगित भएको जनाइएको छ ।