३० हजार घुस लिएको अभियोगमा प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्काविरुद्ध विशेषमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

खड्काले भारतबाट भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका लागि सामान ल्याउन दिने भन्दै सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको प्रमाणित भएपछि विशेषमा मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

खड्काले घुस लिएको ३० हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी गर्दै मुद्दा दायर भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मन्त्रीको राजीनामा पछि निजामती विद्येयक अलपत्र,कार्यसूचीबाट हटाउने तयारी

जग्गा दलालको पछि लाग्दा गुम्यो मन्त्रीको कुर्सी

मन्त्री गुप्ता भन्छन् : ‘ कहिँलेकाँही नखाएको बिष लाग्दो रहेछ’

सामान्य प्रशासन मन्त्रीले अन्ततः राजीनामा दिए

प्रचण्डको प्रश्न: ‘जोडियो त फ्लडलाइट?’ कीर्तिपुर रंगशालामा २० करोडको नीतिगत भ्रष्टाचार खुलासा

खानेपानी नदिएको भन्दै केयुकल कार्यालयमा लगाईयो ताला

यज्ञबहादुर ओलीः वैचारिक स्पष्टता, संस्थागत पारदर्शिता र युवा नेतृत्वको झिल्कासहित युनियन अध्यक्षतर्फको यात्रा

मन्त्री गुप्ताका ‘घुस डिल’का दुई पात्रको रुवावासी : “अडियो नक्कली, बदनाम गर्न षड्यन्त्र भयो”

बिशेष