वैदेशिक रोजगार विभागका महानिर्देशकमा भट्टराई

कमलप्रसाद भट्टराईले वैदेशिक रोजगार विभागको महानिर्देशक (डिजी)को जिम्मेवारी पाएका छन्। तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालय तानेर मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुख जीवलाल भुसाललाई चैत्र २३, २०८१ मा महानिर्देशक नियुक्त गरिएको थियो । तर भुसाल जान अनिच्छुक देखिएसँगै तीव्र इच्छामा रहेका भट्टराईलाई नयाँ महानिर्देशक बनाई पठाइएको हो । भट्टराई २०७१ फागुन १२ का सहसचिव हुन् ।

बिज्ञापन

भट्टराई भन्सार विभागको महानिर्देशक, पर्यटन मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुभव बटुलेका कर्मचारी हुन् । यससँगै मन्त्रालयका सहसचिव चक्रपाणि पाण्डेलाई भट्टराईको ठाउँमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशकमा खटाइएको छ भने कृष्ण सापकोटालाई मन्त्रालयकै आन्तरिक रोजगार महाशाखाको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष