पुरस्कार दिने सालो,थाप्ने भिनाजु

घ्यू कहाँ पोखियो दालमा भनेझैं एक पछाडि अर्काे लाभको पद र पुरस्कारहरु आफ्नै भिनाजुलाई समर्पण गर्न थालेसँगै कुलपति भुपाल राई विवादमा तानिएका छन् ।
वान्तवा भाषामा फाटफुट्ट स्थानीय स्तरमा साहित्य लेख्दै आएका साहित्यकार हुन, डिक वान्तवा । उनका वान्तवा भाषामा केही पुस्तिका प्रकाशन भएका छन् । एउटा लघु चलचित्र समेत निर्माण गरेका छन् । टेम्केमैयु गाउँपालिका ३ नागीका स्थानीय हुन उनी काठमाडौं कम र भोजपुरमै बढी रमाउँदै आएका उनको कला,साहित्यमा राष्ट्रिय पहिचान बनाइसकेका व्यक्ति होइनन् । कान्छी पट्टीको सालो भोजपुर मौवा दुम्वा बास्तिवको भुपाल राई राईवादी नेता सुदन किराती संष्कृति,पर्यटन मन्त्री हुँदा प्रज्ञा प्रतिष्ठानको कुलपतिको लट्री प¥र्यो ।

बिज्ञापन


सालोको भाग्योदयसँगै गाउँमै मरिचझैं चाउरिएर बसेका भिनाजुको पनि भाग्योदय शुरु भएको बताउँछन्,साहित्यकारहरु । यस अघि कुलपति राईले संष्कृति मन्त्रालयले बर्षेनी प्रदान गर्दै आएको १ लाख राशिको संष्कृतितर्फको पुरस्कार भिनाजुलाई दिलाएका थिए,त्यो पनि पुरस्कार सिफारिस समितिमा आफैं बसेर । अहिले फेरि उनै भिनाजुलाई नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा संष्कृति पुरस्कार भिनाजु वान्तवालाई दिलाएका छन् । जबकी यस अघि यो पुरस्कार साहित्य तथा सष्कृतितर्फ राष्ट्रियस्तरमा योगदान पु¥याएका व्यक्तिहरुलाई दिँइदै आएको थियो । हालैमात्र एकेडेमीले सार्वजनिक गरेको विवरण अनुसार,भाषा पुरस्कार चुणामणि रेग्मी,सामाजिकशास्त्र पुरस्कार दिल शाहनी,बालसाहित्य पुरस्कार शारदारमण नेपाल,पद्यतर्फ साहित्य पुरस्कार जसराज किराती,गद्यतर्फ कृष्ण धरावासी,समालोचना पुरस्कार सुधा त्रिपाठी,दर्शन गोपिरमण उपाध्याय,अनुवादतर्फ बलराम अधिकारीलाई पुरस्कृत गरिँदा संष्कृति तर्फको एक लाख राशिको पुरस्कारद्धारा भिनाजुलाई पुरस्कृत गर्ने निर्णय भएको प्रति एकेडेमीकै प्राज्ञहरुले आपत्ति जनाएका छन् ।
उता,नेपाल प्रज्ञा प्रतिष्ठानको आजिवन सदस्य ज्ञानमणि नेपालको निधन पछि रिक्त हुन आएको उक्त पदमा समेत भुपालले आफ्नै भिनाजुलाई लान खोजेपछि लफडा पैदा भएको छ । सुदन किरातीको जोडबल जसराज किरातीलाई उक्त रिक्त स्थानमा लैजानका लागि प्रेसर दिइरहेका छन् तर भुुपाल आफ्नै भिनाजुलाई त्यहाँ लैजान जोड गरिरहेका छन् । यही कारण केही अघि बसेको सभामा उक्त प्रस्ताव अगाडि नआएको एकेडेमी स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष