सरकार परिवर्तन हुन लागेको हल्लाका बीच प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बिज्ञापन
शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा राति करिब २ घण्टा भएको भेटवार्तामा भएको हो । वार्तामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलका साथै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
बिज्ञापन
सरकार परिवर्तनको चर्चा समेत भइरहेको बेला दुई नेताबीच भेट भएको हो । तर दुबै नेताहरुले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएका छन् ।
यस अघि उपचारका लागि बैंकक पुगेका सभापति देउवा शुक्रवार स्वदेश फर्किएका थिए । विहिबार नै देउवा र केपी शर्मा ओलीबीच टेलिफोन संवाद गरी जानकारी माग गरेका थिए।
देउवा बाहिर भएको समयमा शिक्षामन्त्री विद्या भट्टराई र गभर्नर सिफारिस समितिका सदस्यले राजीनामा दिएका थिए भने काँग्रेस पार्टीका उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्तीमा परे । यी घटनाक्रमका कारण सत्ता गठबन्धन टुट्न लागेको हल्लाहरु चलेका थिए ।