गोसाइकुण्ड पालिकामा पाइलैपिच्छे भ्रष्टाचार : बाहिरियो अर्काे १ करोड २० लाख हिनामिनाको प्रमाण

गोसाइकुण्ड गाउँपालिकाका जनप्रतिनिधिहरुले हाइड्रोपावर कम्पनीबाट प्राप्त १ करोड २० लाख झारेर सो रकमको दुरुपयोग गरेको भेटिएको छ । पालिकाले लाङटाङ भोटेकोसी हाइड्रोपावरबाट प्राप्त सामाजिक उत्तरदायित्व वापतको १ करोड २० लाख रकम अनियमित रुपमा आफ्ना आसेपासे र गोजीका व्यक्ति तथा तिनका संस्थाको खातामा हालिदिएको विवरण कर्मचारी प्रेसले प्राप्त गरेको छ । शुरुमा दबाब दिएर,थर्काएर वा धम्काएर रकम झार्ने र पव्लिक कम्पनीको पैसा पालिकाको खातामा आइसकेपछि प्रभावित क्षेत्रका बासिन्दाका हितमा गर्नुपर्ने खर्च विभिन्न पाँच व्यक्ति तथा संस्थाको खातामा अन्धाधुन्ध पठाएर रकम हिनामिना गरिएको भेटिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासोका साथ यो बिषयलाई खोतलिरहेको छ ।

बिज्ञापन

लाङटाङ भोटेकोसी हाइड्रोपावर कम्पनीले वडा कार्यालय अन्तरगत प्रभावित क्षेत्रका लागि विनियोजन गरेको सामाजिक उत्तरदायित्व वापतको एक करोड २० लाख रकम हिनामिना प्रकरणमा पालिकाका अध्यक्ष,उपाध्यक्ष,तत्कालीन वडा अध्यक्षदेखि कर्मचारीहरुको मिलेमतो रहेको भेटिएको छ । सो पालिकाले विभिन्न पाँच व्यक्तिको खातामा पठाएर सो रकम हिनामिना भएको भेटिएसँगै उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको थियो ।

बिज्ञापन

यो बिषयमा के कसो भएको हो भन्दै अख्तियारले जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्र काटेर विवरण मागेको भेटिएको छ । सो सँगै तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीले गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ थुमनलाई पत्र काटेर सो विवरण मागेको भेटिन्छ ।

बिज्ञापन

सामाजिक विकासका लागि आयोगले विनियोजन गरेको एक करोड २० लाख रकममध्ये फुर्पु सोनाम तमाङ र फुर्पु ग्याम्जो तामाङको नाममा रोङ्गादेखि थुमन गाउँसम्म सडक स्तरउन्नतिका लागि ७२ लाख रकम उपलव्ध गराइएको भेटिएको छ । एनआइसी एशिया बैंक रामकोट व्राञ्च गत फ्रेवुअरी २२,२०२२ मा उक्त रकम जम्मा गरिएको भेटिएको छ । यस्तै पालिकाले मिङ्युर सामलिङ गुम्बाको मूर्ति नवनिर्माणका तथा मर्ममत उपभोक्ता समितिका लागि डिसेम्बर २१,२०२१ मा अध्यक्ष फुर्पु तमाङको मेगा बैंक स्याप्रुबेशीको खातामा २० लाख हालिएको प्रमाण कर्मचारी प्रेससँग सुरक्षित छ ।

यस्तै बुद्धि तमाङ अध्यक्ष रहेको दाहालफेदी कृषि सडक मर्मत तथा क्लिनिक भवन निर्माण उपभोक्ता समितिलाई २० लाख रकम २८ फ्रेबुअरी २०२२ मा प्रभु बैंकको स्याप्रुबेशी शाखामा जम्मा गरिएको भेटिएको छ ।

सरस्वतीकुण्ड महिला समाजको नाममा ५ लाख रकम हालिएको भेटिएको छ । फ्रेबुअरी १८ २०२२ मा कामी यान्जेनको खातामा । यस्तै धनुष प्रतियोगिताको नाममा घोसेर तमाङको खातामा ३ लाख हालिएको छ ।

फुर्पु सोनाम तमाङ तत्कालीन अध्यक्ष हुन,उनी वर्तमान पालिका अध्यक्ष कैसाङ तमाङ निकट मानिन्छन् । उनकै कार्यकालको अन्तिम समयमा यो बदमासी भएको भेटिएको छ । एकातिर समाजिक उत्तरदायित्वको रकम अन्यन्त्र खर्च र अर्काेतिर निर्माण कार्य सम्पन्न नभइ भुक्तानी भएको बिषयमा अख्तियारले चासो देखाएको हो ।

कर विज्ञहरुका अनुसार सामाजिक उत्तरदायित्वको परिभाषामा रहेको कोषको रकमबाट त्यसरी अन्यत्र प्रयोग गर्न पाइदैन । कुनै पनि कर्पोरेट हाउसले निश्चित प्रतिशतका आधारमा छुट्टयाएको रकम समाजका सोही क्षेत्रका सर्वसाधारणको हित हुने कार्यमा प्रयोग गर्नुपर्ने हुन्छ । तर जलविद्युत परियोजनाबाट सामाजिक उत्तरदायित्व शीर्षकमा झारिएको रकम आफ्नो स्वार्थ अनुकूल प्रयोग भएकोलाई अख्तियारदेखि महालेखाले सम्म अनियमितता भनेको छ । यो हाइडरो पावरका संस्थापक अध्यक्ष वर्तमान उर्जा दीपक खड्का हुन ।मन्त्री खड्काको दश प्रतिशत शेयर स्वामित्व रहेको उक्त कम्पनीका अधिकांश लगानी चिनियाँहरुको रहेको छ ।

यस अघि सोही पालिका हो,अर्काे हाइड्रोसँग एम्बुलेन्स किन्छु भन्दै थर्काएर ८७ लाख झारेर बर्षाैसम्म खातामा पैसा हालेर आनन्दले बसेको थियो । गोसाइकुण्ड गाउँपालिकाले नै रसुवागढी हाइड्रोपावरलाई ०७९ असार १४ गते रसुवागढी हाइड्रोपावरलाई पत्र लेख्दै उक्त पालिका भौगोलिक रुपमा दुर्गम रहेकोले स्वास्थ्य सेवा लिन असहजताका कारण नागरिकहरुको स्वास्थ्य सेवाको हकलाई कुण्ठित र संकुचित हुने देखिएको हुँदा स्थानीय नागरिकलाई सेवा दिने प्रायोजनार्थ रसुवागढीलाई पहिला भएको सम्झौता बमोजिम नेपाल सरकारले मान्यता दिए अनुसार एम्बुलेन्स खरिद गर्नका लागि उपलव्ध गराउने रकम गाउँपालिकाको राजश्व खातामा जम्मा गर्न पत्र काटेर सो रकम खर्च गर्न सकेको थिएन ।

तारान्तारको ताकेता पछि जलविद्युत परियोजनाले सिअएसआर अन्तर्गत ८७ लाख १२ हजार सात सय रकम पालिकाको खातामा हालिदिएको छ गत बर्ष फागुन २ गते । यसरी जलविद्युत कम्पनीले उक्त पालिकाको खातामा पैसा जम्मा गरेको आठ महिना बित्यो एम्बुलेन्स आएन,सो रकम बैंकमा राखेर व्याज खानुमा आनन्द मानिरहेका थिए सो पालिकाका जनप्रतिनिधि ।

महालेखाको कार्यालयले उक्त पालिकाले राजश्व खातामा रहेको रकम चलाइएको बिषयमा कैफियत भन्दै प्रतिवेदनमै उल्लेख गरेको छ । यस्को अलवा उक्त पालिका रसुवा जिल्लाकै सबैभन्दा बढी बेरुजु हुने पालिकाका रुपमा यस अघि महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको थियो ।

हाइड्रोबाट ८७ लाख झारेपछि जनप्रतिनिधिलाई हाइसञ्चो

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष