हाइड्रोबाट ८७ लाख झारेपछि जनप्रतिनिधिलाई हाइसञ्चो

खातामा पैसा छ खर्च गर्न सक्दैन । यस्तो हविगत छ रसुवा सदरमुकाम धुञ्चेसमेत जोडिएको गोसाइकुण्ड गाउँपालिकाको ।

बिज्ञापन

पालिकाका अध्यक्ष छन् रसुवा एमालेका जिल्ला उपाध्यक्ष समेत रहेका कैसाङ नुर्पु तामाङ  भने नर्सको जागिर छोडेर राजनीतिमा होमिएकी प्रतिमा तमाङ उपाध्यक्ष । अनि सो पालिकामा झण्डै तीन बर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन् दुतेन्द्र चाम्लिङ । उनको सरुवा त्यहाँबाट भइसकेको छ तर उनी रमाना नबुझि त्यही बसिरहेका छन् ।

बिज्ञापन

उनै चाम्लिङले तीन बर्ष अगाडि नै ०७९ असार १४ गते रसुवागढी हाइड्रोपावरलाई पत्र लेख्दै उक्त पालिका भौगोलिक रुपमा दुर्गम रहेकोले स्वास्थ्य सेवा लिन असहजताका कारण नागरिकहरुको स्वास्थ्य सेवाको हकलाई कुण्ठित र संकुचित हुने देखिएको हुँदा स्थानीय नागरिकलाई सेवा दिने प्रायोजनार्थ रसुवागढीलाई पहिला भएको सम्झौता बमोजिम नेपाल सरकारले मान्यता दिए अनुसार एम्बुलेन्स खरिद गर्नका लागि उपलव्ध गराउने रकम गाउँपालिकाको राजश्व खातामा जम्मा गर्न पत्र काटियो ।

तारान्तारको ताकेता पछि जलविद्युत परियोजनाले सिअएसआर अन्तर्गत ८७ लाख १२ हजार सात सय रकम पालिकाको खातामा हालिदिएको छ गत बर्ष फागुन २ गते । यसरी जलविद्युत कम्पनीले उक्त पालिकाको खातामा पैसा जम्मा गरेको आठ महिना बित्यो एम्बुलेन्स आएन,सो रकम बैंकमा राखेर व्याज खानुमा आनन्द मानिरहेका छन्,पालिकाका जनप्रतिनिधि । आठ महिनासम्म पैसा बैंकमा राखेर व्याज खाँदा समेत लज्जा महसुस गरेका छैनन् ।

बिज्ञापन

 


शुरुमा दबाब दिएर,थर्काएर वा धम्काएर रकम झार्ने तर पव्लिक कम्पनीको पैसा पालिकाको खातामा पठाइएको आठ महिना व्यतित हुँदा समेत खरिद गर्न नसक्नुलाई पालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको लाचारीपना भन्छन्,सोही हाइड्रोपावरका कर्मचारीहरुदेखि स्थानीय बासिन्दा । अति प्रभावित थुमन र टिमुरेसहित प्रभावित गोसाइकुण्ड गाउँपालिकाका स्थानीयको हकका लागि भन्दै पालिकाले सो रकम एम्बुलेन्स खरिद प्रायोजनार्थ दिएको थियो ।

आठ महिना समय व्यतित हुँदा समेत जलविद्युत परियोजनाबाट लिएको उक्त रकम खर्च गर्न नसकेपछि अहिले जलविद्युत कम्पनीले ताकेता गर्न थालेको छ ।

शुरुमा उक्त कम्पनी आफैंले एम्बुलेन्स किनेर दिन खोजेको थियो तर एक प्रतिशत कस्टम ड्युटीमा खरिद गर्न सम्भव नभएपछि वडा, पालिकाका साथैं सञ्चालक समितिको निर्णयबाट सो रकम एम्बुलेन्स खरिद गर्नका लागि छुट्टाइएको बताइन्छ । दुई तीन बर्षदेखि पेण्डिङमा रहेको उक्त रकम माग गर्दै पालिकाबाट धेरै पटक पत्राचार भएपछि एम्बुलेन्स खरिद प्रायोजनार्थ उक्त रकम पालिकाको राजश्व खातामा पैसा पठाइएको प्रमुख कार्यकारी अधिकृत छवि गैह्रले कर्मचारी प्रेसलाई जानकारी दिए । उनले पत्र अनुसारको काम कारवाही के भयो भनेर पालिकासँग सोधिरहेका बताए ।

पव्लिक कम्पनीको पैसा पालिकाको खातामा पठाइएको बर्ष दिन पुग्न लाग्दा समेत होल्ड गरिएको र एम्बुलेन्स खरिद गर्न किन नसकेको भनने बिषयमा पालिका अध्यक्ष कैसाङ नुर्पु तामाङसँग जिज्ञासा राख्दा एम्बुलेन्स खरिद गर्नका लागि राजश्व छुट खोजिरहेको र उक्त राजश्व छुट माग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,अर्थदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म पुगेको तर कतैबाट राजश्व छुट नपाउँदा एम्बुलेन्स खरिद गर्न नसकेको जवाफ दिए ।

केही अघिमात्र महालेखाको कार्यालयले उक्त पालिकाले राजश्व खातामा रहेको रकम चलाइएको बिषयमा कैफियतभन्दै प्रतिवेदनमै उल्लेख गरेको छ । हाइड्रोबाट ल्याइएको रकम राजश्व खातामा राखेर अपचलन भएको हो भन्ने हाम्रो जिज्ञासामा जलविद्युत परियोजनाबाट ल्याइएको रकम हिनामिना नभएको राजश्व खातामै सुरक्षित रहेको र फिर्ता गर्न परे आफू तयार रहेको जबाफ फर्काए ।

उक्त जलविद्युत कम्पनीले ८० साल फागुन २ गते पालिकाकै खातामा ८७ लाख १२ हजार ७ सय रकम हालिदिएको भेटिन्छ । पालिकाको राजश्व खातामा उक्त रकम जम्मा गरिदिएको हो,जलविद्युत कम्पनीले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष