आजदेखि बजेट अधिवेशन,पास होला त निजामती विद्येयक ?

संघीय संसद्को बजेट अधिवेशन आजबाट शुरु हुँदैछ । हिउँदे अधिवेशन अन्त्य भएको तीन सातापछि नियमित बजेट अधिवेशन शुरू हुन लागेको हो । संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते अन्त्य भएको थियो ।

बिज्ञापन

आज अपरान्ह १ बजे बोलाइएको बजेट अधिवेशनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ ।यस्का अलवा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै,सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठन र कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची छ । बैठकमा अधिवेशन सुरु भएको अवसरमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ प्रस्ततु गर्ने कार्यसूची छ ।

बिज्ञापन

यो बजेट अधिवेशनबाट विद्यालय शिक्षा विधेयक र निजामती सेवा विद्येयक टुंग्याउनुपर्ने वाध्यता छ । अहिले संसदका सरकारी र गैरसरकारी गरी ३२ विधेयक विचाराधीन छन् । बजेट अधिवेशनका सुरुवाती तीन दिनमा विचाराधीन विधेयक संसदीय समितिमा पठाउने, समितिबाट पारित भएर आएका विधेयक प्रतिवेदनसहित पारित गर्ने लगायतका सम्भावित कार्यतालिका तयार पारिएको छ ।

सोही अनुसार विद्यालय शिक्षा र निजामती विद्येयकलाई समितिबाट पारित गरेर संसदबाट पास गर्ने तयारी छ । उता,संविधान पछिको दोश्रो कानुन मानिएको संघीय निजामती विद्येयक समितिबाट पास हुने चरणमा छ । समितिले निजामती विधेयकका अधिकांश विषयमा सहमति जुटेको छ । अतिरिक्त सचिव पद ब्युँताउने कि नब्युँताउने र कुलिङ पिरियड कति समय राख्ने भन्ने विषयमा कुरा मिलेको छैन । यी विवादित प्रावधानमा प्रधानमन्त्री केपी शर्मा ओली,प्रतिपक्षी दलका नेता प्रचण्डको सहमति जुटाउने समितिका सदस्यहरुले प्रयास गरिरहेका छन् । समितिले यी विवादित बिषय टुंग्याएर आजै पास गर्ने र बर्खे अधिवेशनमा यो विधेयक पारित गर्ने प्रयासमा रहेको नेताहरू बताउँछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

म्यानपावरमा मन्त्रीको पिए आतंक

सरकारी वेबसाइटबाट प्रवक्ता र सूचना अधिकारी वेपत्ता

महिला मन्त्रीबाटै लखेटिए महिला कर्मचारी

प्रधानमन्त्रीले प्रेम राईलाई ‘नत्र राम्रो हुँदैन’ भनेर थर्काएपछि समातिए राहदानी विभागका महानिर्देशक

बिशेष