राजश्वमारा कर्मचारीलाई जोगाउन एमाले नेताहरुको दौडधूप

राजश्व हिनामिनामा जोडिएका एक वडा सचिवलाई जोगाउन रसुवा एमालेका नेताहरुले टंगालस्थित रातोघरमा दौडधूप तिव्र पारेका छन् । सरकारी कागजात कीर्ते प्रकरणमा रसुवा जिल्ला अदालतले दोषी ठहर भएका वडा सचिव वाङदी तमाङलाई राजश्वको मुद्धामा क्लिन चिट दिलाउन रसुवाका एकथरी कमरेडहरु अख्तियारसम्म दौडधूप तिव्र पारेका छन् ।यस अघि जिल्ला प्रशासन कार्यालय रसुवामा यो बिषयमा उजुरी पुगेपछि तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र ज्ञवालीको संयोजकत्वमा छानबिन समिति नै बनेको थियो । सो समितिले कैफियत देखाएपछि सो मुद्धा नै अख्तियारमा पठाएको थियो । राजश्व हिनामिनाको मुद्धा जिल्ला प्रशासनले हेर्न नमिल्ने भन्दै अख्तियारमा पठाइएकोमा दुई बर्ष हुनै लाग्दा समेत यो बिषय टुंगायउन सकेको छैन,अख्तियारले । राजश्व हिनामिना प्रकरणमा उनै वडा सचिवलाई निर्दाेषी बनाउन र जोगाउन जिल्ला एमालेका नेताहरुले दौडधूप जारी राखेका छन् । जसरी गत बर्ष प्रहरी र प्रशासनमा मुद्धा पर्दा मिलाउन ती निकायलाई दवाव दिएका थिए,त्यसैगरी अहिले नियामक निकायलाई प्रभावित पार्ने खेलोमा छन्,नेताहरु ।

बिज्ञापन

रसुवा एमाले जिल्ला कमिटिका उपाध्यक्ष तथा गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ तमाङकै संरक्षणमा वडा सचिवले यस्ता गतिविधि गरिरहेका थिए । सरकारी राजश्व आफ्नै व्यक्तिगत खातामा दाखिला गर्नेदेखि जनप्रतिनिधिको सिग्नेचर कीर्ते गरेर बदमासी गर्दै आएका वडा सचिव वाङदी तमाङका बदमासीका बिषयमा कर्मचारी प्रेसले निरन्तर समाचार प्रकाशन गरिरहेको थियो । सोही प्रकरणलाई मिलाउन भरमग्दुर प्रयास गरेको भए पनि हालैमात्र रसुवा जिल्ला अदालतले उनलाई कीर्ते प्रकरणमा दोषी ठहर गरेको छ, गत चैत्र १७ गते ।

बिज्ञापन

नक्कली भौचर बनाएर सरकारी राजश्व अपचलन गरी व्यक्तिगत खातामा दाखिला गराउँदै आएका वडा सचिव बाङ्दी तमाङलाई कीर्ते प्रकरणमा दोषी ठहर गरे पनि राजश्व हिनामिना प्रकरणको मुद्धा अख्तियारमा विचराधिन छ । वाङ्दी सदरमुकाम धुञ्चेसँगै रहेको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ का वडा सचिवको भूमिकामा थिए । उनले नक्कली रसिद काटेर २ लाख ८० हजार रकम आफ्नो व्यक्तिगत खातामा दाखिला गराएको प्रमाण बोकेर वडा अध्यक्ष कामी छिरिङ तमाङ जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो सँगै ८१ साल असार ९ गते प्रहरीले पक्राउ गरेको थियो । राजनीतिक दबाबमा उनलाई सो समयमा तारेखमा छाडिएको थियो ।

विभिन्न सेवाग्राहीमार्फत जम्मा भएको राजश्वमा नक्कली रसिद दिँदै सचिव वाङदी तमाङले उक्त रकम आफ्नो खातामा जम्मा गर्ने गरेको प्रमाणसहित वडा अध्यक्ष जिल्ला प्रशासनदेखि जिल्ला प्रहरी हुँदै अख्तियारसम्म पुगेका दुई बर्ष पुग्न लागेको छ ।

बिज्ञापन

सोही प्रकरण मिलाउन रसुवा एमालेका नेताहरुले अख्तियारलाई समेत मिलाउन प्रयास गरिरहेका छन् । स्मरण रहोस,यसैगरी अख्तियारमा पुगेर ध्रुव प्रसाद सापकोटाले १ लाख घुसको अफर गरेका थिए । ती शाखा अधिकृतविरुद्ध विशेष अदालतले २ महिना १५ दिन र ५० हजार जरिवानाको फैसला सुनाएको छ ।
वाङ्दीले वडा सचिवको जिम्मेवारीमा हुँदा चलानी नम्बर ३९१० आफ्नो नाममा दर्ता श्रेष्ता भएको रसुवा जिल्ला टिमुरे वडा नम्बर ८ र किता नम्बर १२९ को क्षेत्रफल १–१२–२–० को जग्गा राजीनामा पास गराउँदा वडा अध्यक्षको कीर्ते हस्ताक्षर गरी मालपोतमा सिफारिस गरेको भेटिएसँगै कीर्तेको उजुरी दिएका थिए वडा अध्यक्ष कामी छिरिङ तामाङले जिल्ला प्रहरी कार्यालय,रसुवा,जिल्ला प्रशासन कार्यालय रसुवामा उजुरी दिएका थिए,गत बर्ष । सोही प्रकरणमा रसुवा जिल्लाका न्यायधीश परिवर्तन भएपछि चैत्र दोश्रो सातामात्र फैसला आएको हो । रसुवा जिल्ला अदालतका न्यायधीश भुवनसिंह थापाको इजलाशले वडा अध्यक्ष कामी छिरिङ तामाङको जाहेरीमा अभियोग दावी पुग्ने फैसला सुनाएको हो । अदालतले वडा सचिव वाङदी तमाङलाई हस्ताक्षर कीर्ते प्रकरणमा एक बर्ष कैद र पचास हजार जरिवाना सुनाएको रसुवा जिल्ला अदालतले जनाएको छ ।

वडा सचिवले एउटै प्याडबाट नक्कली रसिद काटेर २ लाख ८० हजार रकम आफ्नो व्यक्तिगत खातामा दाखिला गराएको प्रमाणसहित वडा अध्यक्षले विभिन्न निकायमा उजुरी दर्ता गराएका छन् । महिनामै लाखौं रकम नक्कली बिल र भौचरमार्फत आफ्नै व्यक्तिगत खातामा दाखिला गर्ने तर त्यसबापतको राजस्व राज्यकोषमा दाखिला नगर्ने गरेको प्रमाणसहित सरोकारवाला र निकायम निकायमा उजुरी दर्ता भए पछि जिल्लाका एमालेका नेताहरु उनलाई बचाउमा लागि परेका छन् ।

बाङ्दी विगत दुई दशकदेखि सोही वडाका सचिवका हैसियतमा कार्यरत थिए । गोसाइकुण्ड गाउँपालिका टिमुरेका स्थानीय बासी उनै वडा सचिवलाई राजश्व हिनामिना प्रकरणमा जोगाउन अहिले रसुवा एमालेका एकाथरी नेताहरु हात धोएर लागेका छन् । विवादित पृष्टभूमिका र राजश्वमारा वडा सचिवलाई बचाउन गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि रसुवाका उपाध्यक्ष कैसाङ तमाङ र जिल्ला समन्वय समितिका अध्यक्ष अशोक घिमिरे लगायतका एमालेका नेताहरु लागिपरेको स्रोतको दावी छ ।

उसो त गोसाइकुण्ड गाउँपालिकामा आर्थिक अपचलन,हिनामिना र ठेक्कापट्टामा भएको भ्रष्टाचार भएको भन्दै केही अघिमात्र अख्तियारमा उजुरी समेत परेको छ ।

कीर्ते प्रकरणमा वडा सचिव दोषी ठहर,एक बर्ष कैद र पचास हजार जरिवाना

गोसाइकुण्डमा कैसाङको कमाल :- बर्ष दिनमै १ करोड ५९ लाख अनियमित खर्च

दलाई लामाको दैलोमा गोसाइँकुण्डका अध्यक्ष

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्रका ११ एसएसपीहरूको सरुवा

सशस्त्र प्रहरीका १२ डिआइजीको सरुवा

मेयर,उपमेयर,प्रमुख प्रशासकीय,लेखा अधिकृतसहित ६ विरुद्ध वन मुद्धा

शिक्षक पछि चिकित्सकहरु उत्रिए सडकमा,निजामती कर्मचारी आन्दोलित

६१ जना इन्स्पेक्टरहरूको सरुवा

उपत्यकाका ९ प्रहरी वृत्तका इञ्चार्जसहित १२१ डिएसपीको एकै पटक सरुवा

भूमाफियाहरु छुटे धरौटीमा ,मालपोत र नापीका कर्मचारीलाई पक्राउ पूर्जी

राजश्वमारा कर्मचारीलाई जोगाउन एमाले नेताहरुको दौडधूप

बिशेष