कीर्ते प्रकरणमा वडा सचिव दोषी ठहर,एक बर्ष कैद र पचास हजार जरिवाना

सरकारी कागजात कीर्ते प्रकरणमा जोडिएका एक वडा सचिवलाई अदालतले दोषी ठहर गरेको छ । सरकारी राजश्व आफ्नै व्यक्तिगत खातामा दाखिला गर्नेदेखि जनप्रतिनिधिको सिग्नेचर कीर्ते गरेर बदमासी गर्दै आएका वडा सचिव वाङदी तमाङलाई रसुवा जिल्ला अदालतले दोषी ठहर गरेको हो ।

बिज्ञापन

चलानी नम्बर ३९१० आफ्नो नाममा दर्ता श्रेष्ता भएको रसुवा जिल्ला टिमुरे वडा नम्बर ८ र किता नम्बर १२९ को क्षेत्रफल १–१२–२–० को जग्गा राजीनामा पास गराउँदा वडा अध्यक्षको कीर्ते हस्ताक्षर गरी मालपोतमा सिफारिस गरेको भेटिएसँगै  कीर्तेको उजुरी वडा अध्यक्ष कामी छिरिङ तामाङ जिल्ला प्रहरी कार्यालय,रसुवा,जिल्ला प्रशासन कार्यालय रसुवामा उजुरी दिएका थिए,गत बर्ष । सोही प्रकरणमा रसुवा जिल्लाका न्यायधीश परिवर्तन भएपछि अघिल्लो सातामात्र फैसला आएको हो ।

बिज्ञापन

गत साता रसुवा जिल्ला अदालतका न्यायधीश भुवनसिंह थापाको इजलाशले वडा अध्यक्ष कामी छिरिङ तामाङको जाहेरीमा अभियोग दावी पुग्ने फैसला सुनाएको हो ।
अदालतले वडा सचिव वाङदी तमाङलाई हस्ताक्षर कीर्ते प्रकरणमा एक बर्ष कैद र पचास हजार जरिवाना सुनाएको रसुवा जिल्ला अदालतले जनाएको छ ।

बिज्ञापन

 

नक्कली भौचर बनाएर सरकारी राजश्व अपचलन गरी व्यक्तिगत खातामा दाखिला गराउँदै आएका वडा सचिव बाङ्दी तमाङलाई कीर्ते प्रकरणमा दोषी ठहर गरे पनि राजश्व हिनामिना प्रकरणको मुद्धामा भने कुनै कारवाही भएको छैन ।
वाङ्दी सदरमुकाम धुञ्चेसँगै रहेको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर २ का वडा सचिवको भूमिकामा थिए । उनले नक्कली रसिद काटेर २ लाख ८० हजार रकम आफ्नो व्यक्तिगत खातामा दाखिला गराएको प्रमाण बोकेर वडा अध्यक्ष कामी छिरिङ तमाङ जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय पुगेका थिए । सो सँगै ८१ साल असार ९ गते प्रहरीले पक्राउ गरेको थियो । राजनीतिक दबाबमा उनलाई सो समयमा तारेखमा छाडिएको थियो ।

विभिन्न सेवाग्राहीमार्फत जम्मा भएको राजश्वमा नक्कली रसिद दिँदै सचिव वाङदी तमाङले उक्त रकम आफ्नो खातामा जम्मा गर्ने गरेको प्रमाणसहित वडा अध्यक्ष जिल्ला प्रशासनदेखि जिल्ला प्रहरी हुँदै अख्तियारसम्म पुगेका भए पनि राजश्व हिनामिना प्रकरणको मुद्धाले अझैं निकास पाइसकेको छैन ।

वडा सचिवले एउटै प्याडबाट नक्कली रसिद काटेर २ लाख ८० हजार रकम आफ्नो व्यक्तिगत खातामा दाखिला गराएको प्रमाणसहित वडा अध्यक्षले विभिन्न निकायमा उजुरी दर्ता गराएका छन् । महिनामै लाखौं रकम नक्कली बिल र भौचरमार्फत आफ्नै व्यक्तिगत खातामा दाखिला गर्ने तर त्यसबापतको राजस्व राज्यकोषमा दाखिला नगर्ने गरेको प्रमाणसहित सरोकारवाला र निकायम निकायमा उजुरी दर्ता भए पछि जिल्लाका एमालेका नेताहरु उनलाई बचाउमा लागि परेका छन् ।

बाङ्दी विगत दुई दशकदेखि सोही वडाका सचिवका हैसियतमा कार्यरत थिए । गोसाइकुण्ड गाउँपालिका टिमुरेका स्थानीय बासी उनै वडा सचिवलाई राजश्व हिनामिना प्रकरणमा जोगाउन अहिले रसुवा एमालेका एकाथरी नेताहरु हात धोएर लागेका छन् । विवादित पृष्टभूमिका र राजश्वमारा वडा सचिवलाई बचाउन गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटि रसुवाका उपाध्यक्ष कैसाङ तमाङ र जिल्ला समन्वय समितिका अध्यक्ष अशोक घिमिरे लगायतका एमालेका नेताहरु लागिपरेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष