निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो,सेवा प्रवेशको उमेर सीमा घट्यो

निजामती सेवामा प्रवेश विन्दु घटाइएको छ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विधेयकमा अधिकृत तहको पदमा प्रवेश गर्न २१ वर्ष पूरा भएको हुनुपर्ने तर पुरूषको हकमा ३२ वर्ष ननाघेको र महिलाको हकमा ३७ वर्ष पूरा नभएको हुनुपर्ने प्रस्ताव गरेको थियो। जबकी हालको व्यवस्था अनुसार सेवा प्रवेशको अधिकतम उमेर पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष छ। सरकारले अधिकतम उमेर घटाउने प्रस्ताव गरेपनि सांसदहरूले महिलाको हकमा भने एक बर्ष उमेर घटाएका छन् ।

बिज्ञापन

राज्यव्यवस्था तथा सुशासन समितिमा प्रस्तुत संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा दिलेन्द्रप्रसाद बडू नेतृत्वको ११ सदस्यीय उपसमितिले तयार पारेको प्रतिवेदनमा महिलाको सेवा प्रवेश गर्न पाउने अधिकतम उमेरसीमा घटाइएको हो । हाल निजामती सेवामा महिलाहरूले ४० वर्षसम्म प्रवेश पाउने व्यवस्था छ । यसमा एक वर्ष घटाएर संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार भएको छ । अब निजामती सेवा प्रवेशका लागि अधिकतम उमेर पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम हुने भएको छ ।

बिज्ञापन

विद्यमान व्यवस्था अनुसार,४० वर्षसम्म प्रतिस्पर्धा गर्ने उमेर निर्धारण हुँदा पेन्सनमा असर पर्ने भएको कारण प्रवेशको बिन्दु घटाइएको हो । ४० वर्षभित्र सेवा प्रवेश गरेको महिलाले २० वर्षसम्म सरकारी सेवा गर्न सक्ने र अवकाशपछिको पेन्सन सुविधामा अपुग हुने हुँदा यस्तो व्यवस्था गर्नुपरेको सांसदहरु बताउँछन् । निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद भने बढेको छ । अवकाश उमेर हद भने महिला र पुरुष दुवैका लागि समान ६० वर्ष राखिने भएको छ ।

यता निजामतीको उमेर हद २ बर्ष बढाइएको छ । हाल ५८ वर्ष उमेर हद रहेकोमा ६० वर्ष पुर्‍याउन लागिएको हो । ऐन प्रारम्भ भएको ६ महिनासम्म ५८ वर्ष ६ महिना उमेहर हद हुने, एक वर्षसम्म ५९ वर्ष छ महिना र त्यसपछिको ६ महिनापछि ६० वर्षको उमेर हद लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

बिशेष