निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो,सेवा प्रवेशको उमेर सीमा घट्यो

निजामती सेवामा प्रवेश विन्दु घटाइएको छ । सरकारले प्रतिनिधि सभामा दर्ता गराएको विधेयकमा अधिकृत तहको पदमा प्रवेश गर्न २१ वर्ष पूरा भएको हुनुपर्ने तर पुरूषको हकमा ३२ वर्ष ननाघेको र महिलाको हकमा ३७ वर्ष पूरा नभएको हुनुपर्ने प्रस्ताव गरेको थियो। जबकी हालको व्यवस्था अनुसार सेवा प्रवेशको अधिकतम उमेर पुरुषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष छ। सरकारले अधिकतम उमेर घटाउने प्रस्ताव गरेपनि सांसदहरूले महिलाको हकमा भने एक बर्ष उमेर घटाएका छन् ।

बिज्ञापन

राज्यव्यवस्था तथा सुशासन समितिमा प्रस्तुत संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा दिलेन्द्रप्रसाद बडू नेतृत्वको ११ सदस्यीय उपसमितिले तयार पारेको प्रतिवेदनमा महिलाको सेवा प्रवेश गर्न पाउने अधिकतम उमेरसीमा घटाइएको हो । हाल निजामती सेवामा महिलाहरूले ४० वर्षसम्म प्रवेश पाउने व्यवस्था छ । यसमा एक वर्ष घटाएर संघीय निजामती सेवा विधेयकको प्रतिवेदन तयार भएको छ । अब निजामती सेवा प्रवेशका लागि अधिकतम उमेर पुरुषको हकमा ३५ र महिलाको हकमा ३९ वर्ष कायम हुने भएको छ ।

बिज्ञापन

विद्यमान व्यवस्था अनुसार,४० वर्षसम्म प्रतिस्पर्धा गर्ने उमेर निर्धारण हुँदा पेन्सनमा असर पर्ने भएको कारण प्रवेशको बिन्दु घटाइएको हो । ४० वर्षभित्र सेवा प्रवेश गरेको महिलाले २० वर्षसम्म सरकारी सेवा गर्न सक्ने र अवकाशपछिको पेन्सन सुविधामा अपुग हुने हुँदा यस्तो व्यवस्था गर्नुपरेको सांसदहरु बताउँछन् । निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद भने बढेको छ । अवकाश उमेर हद भने महिला र पुरुष दुवैका लागि समान ६० वर्ष राखिने भएको छ ।

यता निजामतीको उमेर हद २ बर्ष बढाइएको छ । हाल ५८ वर्ष उमेर हद रहेकोमा ६० वर्ष पुर्‍याउन लागिएको हो । ऐन प्रारम्भ भएको ६ महिनासम्म ५८ वर्ष ६ महिना उमेहर हद हुने, एक वर्षसम्म ५९ वर्ष छ महिना र त्यसपछिको ६ महिनापछि ६० वर्षको उमेर हद लागू हुने गरी विधेयकको प्रतिवेदन तयार भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद बढ्यो,सेवा प्रवेशको उमेर सीमा घट्यो

रघुजी पन्त शिक्षामन्त्री नियुक्त,आरजु राणाभन्दा पछिल्लो वरियता

रघुजी पन्त शिक्षामन्त्री

मन्त्रिपरिषद्का १९ निर्णय : ओएण्डएम संशोधन,बढूवा,सरुवादेखि भ्रमण स्वीकृतिसम्म

यी नयाँ व्यवस्थासहित पारित हुँदैछ निजामती विद्येयक

बढ्यो निजामती कर्मचारीको अनिवार्य अवकाश उमेर हद

कुलिङ पिरियड र अतिरिक्त सचिवको विषयमा माओवादीको असहमति,भेटनरी सेवा थप गर्नुपर्ने जिकिर

महिला कर्मचारीले गर्भाधारणको अवस्थामा बिदा पाउने

बिशेष