शाखा अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिकाका एक जना शाखा अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

पोखरा महानगरको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत (सातौं तह) कपिल गिरीविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ । गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। गिरीविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

महानगरका विषयमा अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै एक कर्मचारीसँग एक लाख रुपैयाँ घुस मागेका थिए। अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै मागेको सूचना पाएपछि घुससहित पक्राउ गरिएको हो।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा काम गरेका गिरी बढुवा भएर पोखरा महानगर आइपुगेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुस्ताङको भेप अनुसन्धानमै जालझेल, मुख्य नाइके जोगाएर भरियामाथि मात्रै मुद्दा ?

चार डीआइजीको सरुवा

तीन हजार युवायुवतीलाई सरकारी इन्टर्नशिप,तयार हुँदै सेवा प्रवाह सहजकर्ताको मस्यौदा

कीर्ते कागजात र विदेशीलाई अध्ययन भिसा छानबिन गर्न सहसचिवको नेतृत्वमा समिति

ट्रेड युनियन खारेजीको रिटमा दुई न्यायधीशको फरक राय : पूर्ण सुनुवाइबाटै टुङ्गो लाग्ने

२९ जना शाखा अधिकृतहरुको सरुवा

९ उपसचिवको सरुवा,३ लाई स्थानीय तह

निजामती कर्मचारीका ट्रेड युनियनमाथिको प्रतिबन्ध अदालतद्धारा सदर

बिशेष