शाखा अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको पोखरा महानगरपालिकाका एक जना शाखा अधिकृतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन

पोखरा महानगरको उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत (सातौं तह) कपिल गिरीविरुद्ध मुद्दा दायर भएको अख्तियारले जनाएको छ । गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। गिरीविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

बिज्ञापन

महानगरका विषयमा अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै एक कर्मचारीसँग एक लाख रुपैयाँ घुस मागेका थिए। अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै मागेको सूचना पाएपछि घुससहित पक्राउ गरिएको हो।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा काम गरेका गिरी बढुवा भएर पोखरा महानगर आइपुगेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भन्सार विभाग र निकासी पैठारी संघबीच छलफल, जरिबाना खुकुलो बनाउन माग

योजना आयोगका उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त

ओली प्यानलमा नपरेका असन्तृष्ट नेताहरुको समेट्दै पोखरेल समूह

लेखापाल बिते श्रीमतीविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

ओली प्यानलमा झापाबाटै १५ उमेद्धार

मन्त्रिपरिषद् बैठक बस्दै

ओली गुटमा व्यापक असन्तृष्टि,महाधिवेशनस्थलबाटै हिडे प्रदीप ज्ञवाली

एमाले फर्किएकी झाक्रीलाई महिला कोटामा केन्द्रीय सदस्य

बिशेष