कर्मचारी समितिमा आउन डराए, पत्रकारलाई रोकौँ

नेकपा (एमाले)का सांसद रघुजी पन्तले मिडियाकै कारण कर्मचारीहरु समितिमा आएर बोल्ने अवस्था नरहेको बताएका छन् ।सोमबार सिंहदरबारमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले पत्रकारकै कारण मिस इन्फरमेसन गएको र समितिमा मुख्य सचिव,सचिव लगायतका कर्मचारीहरु आएर बोल्न समेत डराउने स्थिति भएको बताएका हुन ।

बिज्ञापन

संसदीय उपसमितिले अवकाश प्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचार लगायतका कसुरमा दोषी ठहर भएपनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन बाहिरिएपछि समितिका सदस्य पन्तले समितिमा नै नआएको र पारित नै नभएको प्रतिवेदन सञ्चारमाध्यममा प्रकाशित भएको गम्भीर हुन आग्रह गरे ।
समितिले पारित नै नगरेको भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिर आएकोप्रति उनको आपत्ति थियो । संसदीय उपसमितिले अवकाशप्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचारलगायत कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन पारित नै नभइ मिडियामा आएको भन्दै उनले आपत्ति जनाएका हुन ।

बिज्ञापन

मिडियामा यो बिषयमा समाचार बाहिरिएर चौतर्फी आलोचना भए पछि मूल विधेयकको दफाअनुसारै दोषी ठहर पूर्वकर्मचारीले पेन्सन सुविधा नपाउने विषय समेटिने सहमति भएको छ ।

गत शुक्रवारमात्र समितिमा मुख्य सचिव एकनारायण अर्यालले दिएको अभिव्यक्तिका कारण कर्मचारीहरु समेत आन्दोलित हुने स्थिति बनेको छ । उनले मिडियाकै कारण मिसइन्फर्मेसन जान थालेको भन्दै गम्भीर हुन आग्रह गरेका हुन । यहाँ बोलेको कुरा बाहिर अपव्याख्या भएर उसको विरुद्धमा नारा लाग्न थालेपछि कुन मुखले मुख्यसचिवले आएर बोल्छ ? को कर्मचारी, को मुख्यसचिव आउँछ यहाँ ?

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नैतिकता र डिजिटल अस्तित्वको द्वन्द्व   

सिष्टम होइन अनुहार हेरेर सहसचिवको सरुवा

बालेन सरकारसँग डराएनन् कर्मचारी : महिना दिनमै १० रंगेहात पक्राउ

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

नेपालको निजामती सेवा ऐन ,संशोधन र सम्भावनाहरू 

बिशेष