नेकपा (एमाले)का सांसद रघुजी पन्तले मिडियाकै कारण कर्मचारीहरु समितिमा आएर बोल्ने अवस्था नरहेको बताएका छन् ।सोमबार सिंहदरबारमा ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफलमा बोल्दै उनले पत्रकारकै कारण मिस इन्फरमेसन गएको र समितिमा मुख्य सचिव,सचिव लगायतका कर्मचारीहरु आएर बोल्न समेत डराउने स्थिति भएको बताएका हुन ।
बिज्ञापन
संसदीय उपसमितिले अवकाश प्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचार लगायतका कसुरमा दोषी ठहर भएपनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन बाहिरिएपछि समितिका सदस्य पन्तले समितिमा नै नआएको र पारित नै नभएको प्रतिवेदन सञ्चारमाध्यममा प्रकाशित भएको गम्भीर हुन आग्रह गरे ।
समितिले पारित नै नगरेको भ्रष्टाचारमा दोषी ठहर कर्मचारीलाई पेन्सन दिने विषय बाहिर आएकोप्रति उनको आपत्ति थियो । संसदीय उपसमितिले अवकाशप्राप्त निजामती कर्मचारीलाई भ्रष्टाचारलगायत कसुरमा दोषी ठहर भए पनि पेन्सन सुविधा पाउने गरी प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदन पारित नै नभइ मिडियामा आएको भन्दै उनले आपत्ति जनाएका हुन ।
बिज्ञापन
मिडियामा यो बिषयमा समाचार बाहिरिएर चौतर्फी आलोचना भए पछि मूल विधेयकको दफाअनुसारै दोषी ठहर पूर्वकर्मचारीले पेन्सन सुविधा नपाउने विषय समेटिने सहमति भएको छ ।
गत शुक्रवारमात्र समितिमा मुख्य सचिव एकनारायण अर्यालले दिएको अभिव्यक्तिका कारण कर्मचारीहरु समेत आन्दोलित हुने स्थिति बनेको छ । उनले मिडियाकै कारण मिसइन्फर्मेसन जान थालेको भन्दै गम्भीर हुन आग्रह गरेका हुन । यहाँ बोलेको कुरा बाहिर अपव्याख्या भएर उसको विरुद्धमा नारा लाग्न थालेपछि कुन मुखले मुख्यसचिवले आएर बोल्छ ? को कर्मचारी, को मुख्यसचिव आउँछ यहाँ ?