पत्रकारलाई ‘दलाल’को बात,गृहमन्त्रीका ‘पूर्व पिए’ सिडिओलाई आपत

डेढ महिना अघि सिडियोको रुपमा जिल्ला प्रशासन सम्हाल्न पुगेका एक सहसचिव आफ्नै अभिव्यक्तिका कारण अप्ठ्यारोमा परेका छन् । नागरिकता विहिन एक पीडित सेवाग्राहीको बिषयमा जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारीले दलालको आरोप लगाएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखाले विज्ञप्ति नै निकालेर प्रमुख जिल्ला अधिकारीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

बिज्ञापन

यस्तो अप्ठ्यारोमा परेका हुन, बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ)  । मिसन टुडे दैनिकका पत्रकार शुभाकर विश्वकर्माले नागरिकताबाट वञ्चित एक पीडितको विषय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलाई टेलिफोन सम्पर्क गरेका थिए तर प्रमुख जिल्ला अधिकारी जोशीले जबाफमा ‘नागरिकताका लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भन्दै अपशब्द प्रयोग गरेको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ ।

बिज्ञापन

समाचारका लागि फोन गर्दा पत्रकारलाई दलाल भन्दै गालीगलौज गरेको घटनामा चासो व्यक्त गर्दै महासंघले विज्ञप्तिमार्फत सिडिओ धर्मराज जोशीमाथि छानविन गर्न र दोषी भए कानुनी दायरामा ल्याउन माग गरेको हो । उक्त घटनाप्रति ध्यानाकर्षण भएको बताउँदै विज्ञप्तिमा उक्त कार्य अत्यन्त निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रताविरोधी भएको उल्लेख छ ।

जोशी यस अघि रमेश लेखक गृहमन्त्री नियुक्ति हुने वित्तिकै कञ्चनपुरको सहायक जिल्ला अधिकारीबाट मन्त्रीको सचिवालयमा तानिएका थिए पछि बद्री तिवारी हावी हुँदा उनी अध्यागमनमा पुगे । त्यहाँ रहँदा सहसचिवको परीक्षामा भिडेर नाम निकालेर गृहमा पोष्टिङ भएका उनी बाँकेको प्रमुख जिल्ला अधिकारी गत फाल्गुन २६ देखि कुर्सीमा छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

जीपी कोइराला केन्द्रमा ८ बर्षदेखि काजमा राज गर्दै श्रेष्ठ

नागार्जुनमा आलेप गिरीको काज फिर्ता, तहवृद्धिदेखि करोड नजिकको भुक्तानीसम्म अख्तियारमा छानबिन हुँदै

बिशेष