भ्रष्टाचार मुद्धामा सचिवलाई विशेषको ‘सुनपानी’, फैसलाको बर्ष दिन पछि सर्वोच्चमा पुनरावेदन

भ्रष्टाचार मुद्धामा तत्कालीन प्रदेश सचिवलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार पुनरावेदनका लागि सर्वोच्चमा पुगेको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० साल कार्तिक १९ गते प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष २०७५/ ७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह, सहकारी संस्थामार्फत किसानलाई कृषियन्त्र आपूर्ति गर्ने काममा भ्रष्टाचार भएको भन्दै अख्तियार विशेष अदालतमा पुगेको थियो ।

बिज्ञापन

सम्झौताविपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको पाइएको तथा सोही कार्यमा बद्नियत देखिएकाले भन्दै अख्तियारले १ करोड ३१ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार भएको ठहरसहित तत्कालीन प्रदेश सचिव अधिकारी, कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र कृषियन्त्र आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध १ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्धा दर्ता गरेको थियो ।

सो मुद्धामा ८० साल चैत्र तेश्रो साता विशेष अदालतका न्यायधीशहरु खुशीप्रसाद थारु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले प्रतिवादीहरु वैकुण्ठ अधिकारी, कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीलाई सफाई दिएको थियो । त्यस्तै अर्का प्रतिवादी आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीलाई भने अदालतले दोषी ठहर गर्दै ५ लाख ८१ हजार २५० रुपियाँ बिगो र बिगो बराबरकै जरिवानाको फैसला सुनाएको थियो ।

बिज्ञापन

उक्त फैसलामा असन्तृष्टि जनाउँदै सो फैसलाउपर अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

बिशेष