भ्रष्टाचार मुद्धामा सचिवलाई विशेषको ‘सुनपानी’, फैसलाको बर्ष दिन पछि सर्वोच्चमा पुनरावेदन

भ्रष्टाचार मुद्धामा तत्कालीन प्रदेश सचिवलाई सफाइ दिने विशेषको फैसलाविरुद्ध अख्तियार पुनरावेदनका लागि सर्वोच्चमा पुगेको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० साल कार्तिक १९ गते प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसमेत चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आर्थिक वर्ष २०७५/ ७६ मा सो मन्त्रालयले विभिन्न कृषि समूह, सहकारी संस्थामार्फत किसानलाई कृषियन्त्र आपूर्ति गर्ने काममा भ्रष्टाचार भएको भन्दै अख्तियार विशेष अदालतमा पुगेको थियो ।

बिज्ञापन

सम्झौताविपरीत कम क्षमता र गुणस्तरको कृषि यान्त्रिक उपकरण वितरण गरेको पाइएको तथा सोही कार्यमा बद्नियत देखिएकाले भन्दै अख्तियारले १ करोड ३१ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार भएको ठहरसहित तत्कालीन प्रदेश सचिव अधिकारी, कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपाली र कृषियन्त्र आपूर्तिकर्ता आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारी विरुद्ध १ करोड ३१ लाख ६० हजार रुपैयाँ बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्धा दर्ता गरेको थियो ।

सो मुद्धामा ८० साल चैत्र तेश्रो साता विशेष अदालतका न्यायधीशहरु खुशीप्रसाद थारु रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले प्रतिवादीहरु वैकुण्ठ अधिकारी, कृषि व्यवस्था, कृषि सहकारी मन्त्रालयका महाशाखा प्रमुख श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीलाई सफाई दिएको थियो । त्यस्तै अर्का प्रतिवादी आधुनिक कृषि किसान संसार र सो संस्थाका प्रबन्ध निर्देशक राजाराम तिवारीलाई भने अदालतले दोषी ठहर गर्दै ५ लाख ८१ हजार २५० रुपियाँ बिगो र बिगो बराबरकै जरिवानाको फैसला सुनाएको थियो ।

बिज्ञापन

उक्त फैसलामा असन्तृष्टि जनाउँदै सो फैसलाउपर अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

बिशेष