अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

काठमाडौं, ३१ चैत । शिक्षक संगठन पछि निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने भएका छन् ।

बिज्ञापन

 

बिज्ञापन

निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले सरकारसमक्ष १० बुँदे माग अघि सारेर आन्दोलनमा उत्रने चेतावनी दिएका हुन ।

आज काठमाडौंमा एक पत्रकार सम्मेलन गरी ६ वटा ठुला साना संगठनले निजामती क्षेत्रका माग अबिलम्ब पूरा नगरे चरणवद्ध आन्दोलनको चेतावनी दिएका हुन । यसअघिका मागसमेत जोडेर उनीहरूले चरणबद्द आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

बिज्ञापन

 

यसरी आन्दोलनको चेतावनी दिनमो नेपाल निजामती कर्मचारी संगठन, कर्मचारी युनियन, राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र मधेशी कर्मचारी मञ्च रहेका छन ।

निजामती सेवा ऐन निर्माण प्रक्रियामा सरोकारवाला पक्षको अर्थपूर्ण छलफल हुनुपर्ने र समग्र कर्मचारीको साझा हित हुनुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

बिशेष