पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको त्रिवेणी नगरपालिका ६ स्थित किम्नी खोलामा ट्रस पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

बिज्ञापन

अख्तियारले आइतबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतहरु तीर्थराज थापामगर र खगेन्द्र साउदसहित त्रिवेणी नगरपालिकाका तत्कालीन इन्जिनियर नविन साउद र सबइन्जिनियर राजेन्द्र बहादुर बिक,असिस्टेन्ट सब-इन्जिनियर राजेन्द्र बहादुर साउद, किम्नी खोला ट्रस पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष जंगबहादुर बुढा, सचिव डम्मबहादुर बुढा र कोषाध्यक्ष तुलीदेवी बुढाविरुद्ध आरोपपत्र दर्ता गरेको हो ।

बिज्ञापन

उनीहरूले गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा आइतबार विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

पुल निर्माणमा अनियमितता गरेको भन्दै परेको उजुरीमाथि छानबिन हुँदा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ मा किम्नी खोलामा ट्रस पुल निर्माण कार्यमा उत्खनन, ढुङ्गा सोलिङ, पीसीसी, स्टिल, स्टिल पाट्र्स र सिमेन्ट एलएस यातायातमा माटोको काम  वास्तविक फिल्डमा भएको कार्य भन्दा नापी किताबमा बढी चढाइ झूटो बिल भुक्तानी गरेको देखिएको अख्तियारको भनाइ छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

बिशेष