पूर्वडिजीको भक्तपुरस्थित विभिन्न १७ कित्ता जग्गा जफत

अवैध सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरेको छ । सर्वोच्च अदालतले फैसला गरेको १० वर्षपछि उनको जग्गालगायतको स्रोत नखुलेको सम्पत्ति जफत प्रक्रिया अघि बढेको हो ।

बिज्ञापन

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले गत साता भक्तपुरको कटुन्जेस्थित खनालको जग्गा आफ्नो नाममा ल्याएको हो ।सर्वोच्चले पूर्वमहानिर्देशक खनाललाई एक वर्ष तीन महिना कैद, एक करोड २१ लाख ५२ हजार ४४ रुपैयाँ जरिवाना र स्रोत नखुलेको उनको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो । जग्गाको हालको बजारमूल्य करिब १६ करोड रुपैयाँ छ ।

बिज्ञापन

इन्जिनियर खनाल विभिन्न सडक आयोजनामा प्रमुख भएर काम गर्दै २०५६ साल कात्तिक १७ गतेदेखि २०५८ साल पुस २५ गतेसम्म विभागको महानिर्देशक भएका थिए । त्यही क्रममा अकुत सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा आयोगले उनको घरमा छापा हानी अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो ।

८ कात्तिक ०६९ मा अख्तियारले उनकै घरमै छापा हानी सम्पत्ति छानबिन थालेको थियो । छापा हान्दा उनको घरबाट तीन लाख ७६ हजार चार सय ७० नगद र सुनका गहना बरामद गरेको थियो । त्यसवेला आयोगले निकै शक्तिशाली व्यक्तिको घरमा छापा हानी छानबिन गरेर मुद्दा दायर गरेको थियो जुन आयोगको इतिहासमै सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

बिशेष