बारको निर्वाचनमा मिश्रको अग्रता कायमै

काठमाडौं, २५ चैत । नेपाल बार एशोसिएसको निर्वाचनमा बिजयकुमार मिश्रले अग्रता जारी रहेको छन् । जारी मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार काठमाडौं, बिराटनगर, धनकुटा, सुनसरी, मोरङलगायतका मतदान केन्द्रको मतगणना हुदाँ मिश्रले अग्रता लिईरहेका हुन् ।

बिज्ञापन

काठमाडौंमा मिश्रको ६४ मत प्राप्त हुदाँ श्रेष्ठले ५१ मत पाएको आधिकारिक घोषणा गरिएको छ। गत शनिवार निर्वाचनमा भावी अध्यक्षका लागि बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुने जनाइएको थियो । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन्, जसका लागि अपरान्ह १२ बजेवाट मतदान सुरू भएको हो ।

बिज्ञापन

बारको भावी अध्यक्षका लागि समूहगत दुई र ३ जना स्वतन्त्र गरी पाँचजनाको उम्मेदवारी परेको छ । जसअनुसार वरिष्ठ अधिवक्ता मिश्र, वरिष्ठ अधिवक्ता श्रेष्ठ सहित अधिवक्ता राजु कैती, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आषिश पौडेल भावी अध्यक्षका लागि प्रतिस्पर्धामा रहेका छन ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार मतदात ९ हजार ९५७ रहेका मध्ये ८० प्रतिशतले मतदानमा सहभागी भएका छन् ।  उनका अनुसार काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्र रहेका मध्ये काठमाडौँ मतदान केन्द्र भने सर्वोच्च अदालतमा थियो, जसमा  करिब ६ हजार मतदाता रहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

पाँच महिनामै १३७ सहसचिवको सरुवा, प्रधानमन्त्री कार्यालयको ठाडो हस्तक्षेप

नौ दिनपछि सुरुङबाट निकालियो २ शव

मन्त्रिपरिषद् बस्दै,सचिव बढुवाको सम्भावना

सर्वोच्चको नयाँ भवनमा आगलागी, केही प्रमाण मिसिल जले

महिनौंदेखि गृहको अतिरिक्त समूहमा ६ सहसचिव : झापा,दोलखासहित चार जिल्ला सिडियोविहिन

बिशेष