अभद्र व्यवहारको कसुरमा पक्राउ परे उपसचिव

अबको तीन साता पछि उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका एक उपसचिव मदिराका कारण बदनाम हुन पुगेका छन् ।  बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत दीपक आचार्यलाई प्रहरीले पक्राउ गरेको छ अभद्र व्यवहारको कसुरमा ।

बिज्ञापन

अस्ति मंगलबार कार्यालय समयमै मदिराले मातेर कार्यालयमा आएका उनी मेयर छविलाल थारू र उपमेयर रत्नकुमारी पाण्डेसँग झगडामा उत्रिएका थिए।

बिज्ञापन

मदिराको नशामा उपमेयरका कार्यकक्षमा पुगेका आचार्यले टेबल ठोक्दै धम्की, मेयर र उपमेयरलाई सडकछाप’ बनाइदिने र घर जलाइदिने जस्ता आक्रामक धम्की र अभिव्यक्ति दिएपछि प्रहरीलाई मौखिक उजुरी गरिएको थियो । उजुरी पछि प्रहरीले  नियन्त्रणमा लिएर मापसे परीक्षण गराएको र अस्पतालबाट पनि मापसे गरेको पृष्टि भएको जनाएको छ । दिनभर प्रहरी नियन्त्रणमा राखिएको प्रमुख प्रशासकीय अधिकृतलाई लिखित सहमति गरेर जिम्मा जमानतमा छाडिएको थियो ।

तर बारबर्दिया नगरपालिकाबाट बुधवार बेलुका पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउन माग गर्दे मुद्दा दायर गरिएको कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

आचार्य अवको तीन साता पछि अनिवार्य अवकाशमा जाँदैछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पदका लागि राजनीतिक रंग फेर्दै ‘पुराना खेलाडी’, रास्वपा निकट बनेर पुनः अवसर खोज्दै विवादित पात्रहरू

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

बिशेष