राजावादीको आन्दोलनमा चुक्यो सुरक्षा संयन्त्र,गृहमन्त्री अहिले निस्किए निरीक्षणमा

राजावादी समर्थक आन्दोलनकारीहरुका हिंसात्मक प्रदर्शन भएको क्षेत्रको निरीक्षण गर्न गृहमन्त्री रमेश लेखक अहिले तिनकुने क्षेत्र जाने भएका छन् ।

बिज्ञापन

शुक्रबार पूर्वराजा समर्थकहरुले गरेको प्रदर्शन उग्र बन्दा २ जनाको मृत्यु र ११० जना घाइते भएका छन् भने १४ वटा आगजनी समेत भएको छ। प्रहरीका अनुसार,प्रदर्शनका क्रममा ५३ नेपाल प्रहरी र २२ सशस्त्र प्रहरी पनि घाइते छन्। यस्तै प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् । गृह प्रशासन चुस्त दुरुस्त नबन्दा यो स्थिति आएको भन्दै गृह प्रशासनकै आलोचना भइरहेको छ ।

बिज्ञापन

शुक्रबार आयोजना गरिएको राजावादीको प्रदर्शन पूर्वनिर्धारित भए पनि प्रशासन र सुरक्षा निकायको सुझबुझपूर्ण निर्णय,आपसी समन्वय नहुँदा प्रदर्शनकारी अराजक बन्न पुगेको टिप्पणी गर्दछन्,सुरक्षा क्षेत्रका जानकारहरु । गुप्तचर विभागका अधिकारीहरुले ,प्रहरी र सशस्त्र प्रहरी बललाई प्रदर्शन अराजक बन्ने आकलनसहितको सूचना दिइएका भए पनि गम्भीररुपमा नलिँदा यो स्थिति आएको हो भन्छन् ।

सो क्षेत्रमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले हिजो सवा चार बजेदेखि लगाएको कफ्र्यु अहिले विहान सात बजे स्थगन भएको छ । त्यहाँ जारी गरिएको कर्फ्यु आदेशको समय सकिएसँगै गृहमन्त्री रमेश लेखक अहिले उक्त स्थानको निरीक्षणका लागि जान लागेका हुन ।

बिज्ञापन

उसो त हिजो साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा भएका तोडफोड, लुटपाट र आगजनीको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न गृह मन्त्रालयलार्ई निर्देशन दिएको छ ।

शुक्रबारको हिंसाको घटनाबारे गृहमन्त्रालयले छानबिन गर्ने छ । मन्त्रिपरिषद् बैठकले राजावादीहरूले आतंक फैलाएको, ढुंगामुढा गर्ने, आगजनी र लुटपाट गर्ने, मानिसको ज्यानै जाने अमानवीय र गैरकानुनी काम गरेको ठहर गर्दै गहिरो छानबिन गर्ने निर्णय समेत गरिसकेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

अब कर्मचारी दलीय गतिविधिमा आवद्ध भए सिधै बर्खास्त,भविष्यमा सरकारी सेवाका लागि अयोग्य

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा पाण्डे पक्राउ

निजामती कर्मचारीको पदपूर्ति प्रावधानमा व्यापक परिमार्जन

यस्तो छ संघीय निजामती सेवा विद्येयकको मस्यौदा,के के छ नयाँ व्यवस्था ?

प्रमुख प्रशासकीय अधिकृत संघले पठाउने,प्रदेशले खटाउने

संघीय निजामती विधेयकमा सरकारका ५० नयाँ व्यवस्था

यस्ता छन्,निजामती सेवा विद्येयकमा प्रस्ताव गरिएका २ दर्जन नयाँ व्यवस्था

बिशेष