कामै नगरी भुक्तानी दिने प्रमुख प्रशासकीय लेखापालसहित सात विरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान कामै नगरी भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहितका सात विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, इन्जिनियर, प्राविधिक असिष्टेण्ट इन्जिनियर, लेखापाल र उपभोक्ता समितिको तत्कालीन अध्यक्षविरुद्ध विशेषमा आरोपपत्र दायर भएको हो ।

बिज्ञापन

उनीहरुले गलत लिखत तयार गरेर सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । तर कामै नगरी २०७७/ ७८ भुक्तानी लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा फिल्डमा काम सम्पन्न नै नभएको र घट्ट सिँचाइ योजना नरहेको पाइएसँगै असिख्तयारले जनही १४ लाख ८ हजार रुपैयाँ बिगो माग गर्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

जस अनुसार, बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावल, वडा ४ का वडाअध्यक्ष भीम बहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदन राज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध विशेषमा आरोपपत्र दायर गरेको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दलगत कर्मचारी ट्रेड युनियन होइन, एक मात्र आधिकारिक ट्रेड युनियन आवश्यक

हामी दलीय होइनौँ, कानुनअनुसार दर्ता भएका ट्रेड युनियन हौँ

ट्रेड युनियन खारेज गर्ने बहसप्रति हाम्रो गम्भीर आपत्ति

सत्र सुरु नहुँदै शुल्क उठाउने विद्यालयमाथि कारबाही हुने चेतावनी

बृहत्तर जनकपुर क्षेत्र विकासका तत्कालीन अध्यक्ष सिंह र कर्मचारीविरुद्ध एकसाथ भ्रष्टाचारका २ मुद्दा

खण्डन तथा स्पष्टिकरण

शाखा अधिकृत विष्ट लिखत कसुरमा दोषी ठहर

सातामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित

बिशेष