अख्तियार दुरुपयोग अनुसन्धान कामै नगरी भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहितका सात विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
बिज्ञापन
अख्तियारले बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडाअध्यक्ष, इन्जिनियर, प्राविधिक असिष्टेण्ट इन्जिनियर, लेखापाल र उपभोक्ता समितिको तत्कालीन अध्यक्षविरुद्ध विशेषमा आरोपपत्र दायर भएको हो ।
बिज्ञापन
उनीहरुले गलत लिखत तयार गरेर सरकारी कागजात नोक्सान गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा गाउँपालिकाबाट वडा नम्बर ४ स्थित सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका लागि १४ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । तर कामै नगरी २०७७/ ७८ भुक्तानी लिएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गर्दा फिल्डमा काम सम्पन्न नै नभएको र घट्ट सिँचाइ योजना नरहेको पाइएसँगै असिख्तयारले जनही १४ लाख ८ हजार रुपैयाँ बिगो माग गर्दै उनीहरुविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो ।
बिज्ञापन
जस अनुसार, बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्क बहादुर रोकायासहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।
अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार रावल, वडा ४ का वडाअध्यक्ष भीम बहादुर रोकाया, तत्कालीन इन्जिनियर सुरेन्द्र बहादुर खाती, तत्कालीन प्राविधिक असिष्टेण्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदन राज जोशी र उपभोक्ता समितिको तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध विशेषमा आरोपपत्र दायर गरेको हो ।