९ उपसचिवको सरुवा : ६ लाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी,१ गृहमा फिर्ता

गृह मन्त्रालयले ९ जना उपसचिवहरुको सरुवा गरेको छ ।

बिज्ञापन

गृहले ६ लाई सहायक प्रमुख जिल्ला अधिकारी,एक जना कारागार प्रशासक, एक जनालाई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिँइदा एक उपसचिव गृहमा फिर्ता बोलाइएका छन् ।
मन्त्रालयले शुक्रवार उनीहरुको सरुवा गरेको हो । जस अनुसार हरिप्रसाद गैरेलाई गुल्मीको सहायक प्रमुख जिल्ला अधिकारी,पोषणराज भण्डारीलाई नवलपरासी सुस्ता पश्चिममा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।

बिज्ञापन

यस्तै,शिवहरि पोखरेललाई सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारी,तेज प्रकाश प्रसाईलाई झापा,विश्वराज नेपाललाई जिल्ला प्रशासन कार्यालय सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी,गोमादेवी पौडेललाई ओखलढुङ्गाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।

यस्तै,डोरेन्द्र निरौलालाई अध्यागमन कार्यालय कास्कीबाट गृहमा तानिएको छ । उनको ठाउँमाहरि प्रसाद भुजेललाई पठाइएको छ । यस्तै सुवास पौडेललाई भीमफेदीको कारागार प्रशासकको जिम्मेवारी दिएर खटाइएको छ ।

बिज्ञापन
सरुवा_12.8

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको आँखा १०–२० हजारमा, मूल घुसखोरी विभागमै

चिकित्सकको आवाजदेखि संस्थागत सुधारसम्म : एनएमए अध्यक्षका लागि डा. बद्री रिजाल

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

बिशेष