डा क्षेत्रीलाई सेवाबाट हटाउने मन्त्रालयको तयारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक कर्मचारीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।

बिज्ञापन

मन्त्रालयले नवौं तहमा कार्यरत कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ ।

बिज्ञापन

मन्त्रालयका अनुसार क्षेत्रीले गत साउन १८ गतेबाट बिदा स्वीकृत नगराई कार्यालय उपस्थित नभएपछि उनलाई सेवाबाट हटाउने तयारी गरेको हो ।

मन्त्रालयबाट प्रकाशित सूचनामा भनिएको छ, ०८१।०४।१८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहनु भएकोले के कति कारणले बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहनु भएको हो ? भनी ७ (सात) दिनको म्याद दिई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८० बमोजिम स्पष्टीकरण पेश गर्न मिति ०८१।११।१० मा गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरिए‌कोमा तपाईले मिति ०८१।११।१५ मा पेश गरेको स्पष्टीकरण सन्तोषजनक भएको नदेखिएकोले तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खष्ट (ज) बमोजिमको कसुरमा सोही ऐनको दफा ७२ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने ? सेवाबाट हटाउन नपर्ने कुनै कारण भए सोको समुद प्रमाण सहित १५ (पन्ध्र) दिन भित्र स्पष्टीकरण पेश गर्नुहुन नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ८१ को प्रयोजनार्थ यो सूचना प्रकाशन गरिएको छ ।

बिज्ञापन

यसअघि गत फागुन १० मा उनलाई ७ दिने स्पष्टीकरण सोधिएको थियो । तर उनको स्पष्टीकरण सन्तोषजनक नभएकाले अहिले फेरि सेवाबाट किन नहटाउने भनी १५ दिनको समय दिएर अर्को स्पष्टीकरण सोधिएको हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष